+
+

गाँजासहित पर्सामा ७ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १८ गते १०:०४

१८ चैत, वीरगञ्ज । प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजासहित ७ जनालाई पक्राउ गरेको छ ।

जगरनाथपुर गाउँपालिकाको जानकीटोला चोक, वीरगञ्ज महानगरपालिकाको मिलनचोक र रजतजयन्ती चोकबाट गाँजासहित ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चैत १७ गते अपराह्न ४ बजे जगरनाथपुर २ जानकीटोला चोकबाट पर्साको छिपहरमाई गाउँपालिका ४ बस्ने २२ वर्षीय चन्दन कुमार साह, २० वर्षीय अरवाज आलम र २४ वर्षीय सुनिल कुमार गुप्ता पक्राउ परेका छन् ।

ना.१४ प ७२२४ नम्बरको मोटरसाइकलमा जानकीटोलाबाट भिखमपुरतर्फ जाँदै गरेका चन्दन र अरवाजको साथबाट प्रतिबन्धित लागु औषध गाँजा ३ किलो फेला परेको प्रहरीको दाबी छ ।

प्रारम्भिक अनुसन्धानपछि लागु औषध किनबेचमा संलग्न भएको आरोपमाम प्रहरीले सुनिललाई पनि पक्राउ गरेको थियो ।

प्रतिबन्धित गाँजासहित वीरगञ्ज ३१ मिलनचोकबाट दुई जनालाई पक्राउ गरिएको हो । प्रहरीले चितवन राप्ती नगरपालिका ११ बस्ने २९ वर्षीय बुद्धिराज घलान र पर्साको पर्सागढी नगरपालिका ३ बस्ने ४२ वर्षीय पासाङ लामालाई गाँजासहित पक्राउ गरेको जनाएको छ ।

चैत १६ गते बिहान जीतपुरबाट बडनिहारतर्फ जाँदै गरेको प्र.-२-०३-००१ ह २२७ नम्बरको अटोमा सवार उनीहरुको साथबाट किलो गाँजा बरामद भएको प्रहरीको दाबी छ ।

त्यसैगरि प्रहरीले वीरगञ्ज महानगरपालिका १६ रजत जयन्ती चोकबाट लागु औषध सहित थप २ जनालाई पक्राउ गरेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका १ बस्ने ३६ वर्षीय सञ्जिव केशरी, चितवन भरतपुर महानगर ४ रामघाट बस्ने २५ वर्षीय विशाल श्रेष्ठलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार भारतको रक्सौलबाट वीरगञ्ज तर्फ आउँदै गरेका सञ्जिवले ना.३२ प ९४०३ नम्बरको मोटरसाइकलको सिटमुनी कालो प्लाष्टिक लागु औषध नाईट्राभेट ट्याबलेट २० पत्ता अर्थात ६ सय थान ल्याएका थिए ।

विशालको साथबाट औषध फेनारगन-४७ एम्पुल, डाईजेपाम-४७ एम्पुल, नुफिर्न-४७ एम्पुल गरी जम्मा १४१ एम्पुल फेला परेको प्रहरीले जनाएको छ ।

लागु औषध सहित ७ जनालाई हिरासतमा राखेर लागु औषधसम्बन्धी कसुरमा पर्सा जिल्लाबाट म्याद अनुमति लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?