+
+

उपनिर्वाचनका लागि तनहुँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १८ गते १६:१५

१८ चैत, तनहुँ । तनहुँ क्षेत्र नं. १ मा हुने उपनिर्वाचनका लागि तनहुँको दमौलीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको छ ।

जिल्ला समन्वय समिति तनहँुको परिसरमा उपनिर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालत तनहुँका न्यायधीश कोमलप्रसाद आर्चाय खटिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना सँगै निर्वाचनको प्रक्रिया सुरु भएको उनले बताए ।

तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि वैशाख १० गते यहाँ उपनिर्वाचन हुँदैछ ।

कांगे्रसले आफ्नो बलियो पकडको रुपमा लिएको क्षेत्र नं. १ मा केन्द्रीय सदस्य गोविन्द भटराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै नेकपा एमालेले पूर्वआईजीपी सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

यस्तै कांगे्रस परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्थविद् स्वर्णिम वाग्ले उम्मेदवार बन्ने तयारीमा छन् ।

नेकपा एकीकृत समाजवादीको जिल्ला कार्यसमितिले पार्टीका केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठलाई उठाउने निर्णय गरिसकेको छ ।

मंसिर ४ को निर्वाचनमा रामचन्द्र पौडेल माओवादीसँगको गठबन्धनबाट करिब पॉच हजार मतान्तरले विजयी भएका थिए । पौडेलले २५ हजार ३१८ मत ल्याएका थिए । यहाँ नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले उनले १९ हजार ९४३ मत ल्याएका थिए ।

यस्तै स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८७८ मत ल्याएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका उम्मेदवार विनोद घर्तीले २ हजार ४८३ मत ल्याएका थिए ।

वैशाख १० गते हुने उपनिर्वाचनका लागि १ लाख २३ हजार ३ सय ५ मतदाताले भोट हाल्न पाउने छन् । तनहुँ निर्वाचन क्षेत्र नं. १ मा ६९ मतदानस्थलमा १ सय ५२ मतदान केन्द्र तोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?