१९ चैत, सिमरा । चर्च ब्वाइज युनाइटेड क्लबले पहिलो सहभागितामै १३औं जीतपुर सिमरा गोल्डकपको उपाधि जितेको छ ।
शनिबार राति भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २-० ले स्तब्ध पार्दै चर्च ब्वाइज युनाइटेडले उपाधि हात पारेको हो ।
उपाधिसँगै चर्च ब्वाइजले १० लाख नगद र ट्रफी हात पार्यो भने उपविजेता हिमालयन शेर्पाले पाँच लाख रुपैयाँमा चित बुझायो ।
चर्च ब्वाइजलाई जीतपुर सिमरा गोल्डकपको ट्रफी दिलाउने क्रममा कप्तान मिलन राई र आशिष चापागाईंले गोल गरे ।
खेलको सुरुआतमै १० खेलाडीमा समेटिएको हिमाालयन शेर्पाले सिमराका समर्थकमाझ जीतका लागि अन्तिमसम्म संघर्ष गरेको थियो ।
खेलको छैठौं मिनेटमा हिमालयन शेर्पाका दिवस उराव रातो कार्ड खाँदै मैदानबाट बाहिरीएका थिए ।
दश खेलाडीमा सीमित बनेर पनि चर्च ब्वाइजलाई शेर्पाले पहिलो हाफको अन्तिमसम्म चुनौती दिएको थियो ।
तर, खेलको ३५औं मिनेटमा मिलन राईले फ्रि किक गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए ।
दोस्रो हाफको इन्जुरी समयमा आशिष चापागाईंले गोल गर्दै अग्रता दोब्बर बनाउँदै जीत दिलाए ।
विधागत पुरस्कारतर्फ पनि जीतपुर सिमरा गोल्डकपको उपाधि विजेता चर्च व्वाईजकै बर्चस्व रहृयो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका डिफेण्डर कमल श्रेष्ठ घोषित भए । उनले टिभीएस राइडर मोटरसाइकल प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्चका यूएस प्रिसो, डिफेण्डर फ्रयांकलीन टाला, मिड फिल्डर सुवास गुरुङ र प्रशिक्षक प्रदीप हुमागाईं घोषित भए उनीहरूले समान २० हजार नगद प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट फरवार्ड हिमालयन शेर्पाका सुशील राई घोषित भए । उनले २० हजार प्राप्त गरे ।
सर्वाधिक गोलकर्ता भरतपुर फुटबल क्लबका सुनील श्रेष्ठ घोषित भए । उनले २० हजार नगद प्राप्त गरे ।
प्रतियोगिताको उदयमान खेलाडी नवजनजागृती यूवा क्लब सिमराका दिलीप माझी घोषित भए । उनले नगद १५ हहजार प्राप्त गरे ।
अनुशासाशित टिमको ट्रफी हेटौंडाको मकवानपुर-११ ले जित्यो । फाइनल खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका डिफेण्डर फ्रयांकलीन टाला घोषित भएका थिए ।
जीतपुर सिमरा गोल्ड कपको हाल सम्मका उपाधि विजेता
२०७९ चर्च ब्वाइज युनाइटेड
२०७८ न्युरोड टिम एनआरटी
२०७७ संकटा क्लब
२०७५ थ्रीस्टार क्लब
२०७४ त्रिभूवन आर्मी
२०७३ संकटा क्लब
२०७२ विजय युथ क्लब हेटौंडा
२०७१ त्रिभुवन आर्मी क्लब
२०७० नव जनजागृति युवा क्लब सिमरा
२०६९ मनाङ मर्स्याङ्दी क्लब
२०६८ मनाङ मर्स्याङ्दी क्लब
२०६७ हिमालयन शेर्पा क्लब
२०६६ मजदुर शहीद स्मृति क्लब
 
                    










 २०७९ चैत  १९ गते ६:३६
                        २०७९ चैत  १९ गते ६:३६                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4