+
+

भारतबाट प्रतिलिटर ७ रुपैयाँले घटेर आयो डिजेल, मूल्य घट्ला ?

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते १६:४१

१९ चैत, काठमाडौं । भारतीय आयल निगम (आईओसी) बाट इन्धनको नयाँ मूल्य प्राप्त भएको छ । जसअनुसार डिजेल, पेट्रोल र ग्याँसको मूल्य घटेर आएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

उपाध्यायका अनुसार खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर ८६ रुपैयाँ, पेट्रोल लिटरमा १ रुपैयाँ ५० पैसा र डिजेलको मूल्य लिटरमा ७ रुपैयाँले घटेर प्राप्त भएको छ । घटेको नयाँ मूल्यअनुसार निगमले बजार उपभोक्ता मूल्य भने घटाइसकेको छैन ।

घटेको नयाँ मूल्यपछि निगमलाई १५ दिनमा एक अर्ब ५० करोड बढी नाफा हुने प्रक्षेपण गरिएको छ । बितेको १५ दिनमा निगमलाई ५८ करोड रुपैयाँ बढी नाफा थियो ।

डिजेलको मूल्यलाई लिएर सरकारको पूँजीगत खर्चसमेत हुन नसकेको गुनासो निजी क्षेत्रले गरिरहेका छन् । निगमले भने गत वर्षको घाटाको बक्यौता र ऋणका कारण अझै निगम वित्तीय दायित्वले थिचिएको दाबी गरिरहेको छ ।

सरकारले ६ अर्ब ५० करोड ऋण र भारतीय आयल कर्पोरेसनको ८ अर्ब बक्यौता अझै बाँकी रहेको निगमका आर्थिक विभाग प्रमुख नागेन्द्र साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?