+
+

अनलाइनमा भैँसी किन्न खोज्दा…

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते १४:२४

काठमाडौं । अहिलेको डिजिटलाइजेसनको युगमा हरेक काम अनलाइनमा हुने गरेका छन् । यतिसम्म कि भैँसीको किनबेच समेत अनलाइनमा हुन थालेको छ ।

तर अनलाइनको किनमेल सधैं सुरक्षित नहुने रहेछ । भारतको मध्यप्रदेशमा अनलाइनबाट भैँसी किन्ने ध्याउन्नमा एक जना किसानले ८७ हजार भारु गुमाएका छन् ।

फेसबुकमा विज्ञापन देखेर भैँसी किन्ने निर्णयमा पुगेका ती किसानले भैँसी मालिक भनिएका व्यक्तिलाई पटक पटक गरी भैँसीको मूल्य ८७ हजार भारु पठाइदिएको भए पनि उनले भैँसी प्राप्त गरेनन् ।

मध्यप्रदेशको ग्वालियरका होतम सिंह बघेल नामका किसान यस्तो दुखलाग्दो ठगीमा परेका हुन् । जयपुरमा रहेको भनिएको एक डेरी फर्मको नामबाट बनाइएको फेसबुक पेजमा राखिएको भैँसीको विज्ञापनबाट प्रभावित भएर बघेलले सो भैँसी खरीद गर्ने निर्णय गरेका थिए । त्यो सँगै उनले विज्ञापनमा दिइएको नम्बरमा सम्पर्क गरी अशोककुमार शर्मा नामका व्यक्तिसँग कुराकानी गरे र सुरुमै ४२ हजार भारु अग्रीम भुक्तानी गरे अनलाइनमार्फत् नै ।

त्यसपछि भैँसी बिक्रेता दाबी गरेका शर्माले भैँसी लोड गरेर गाडी हिँडेको तर जीपीएस सिस्टम बिग्रिएका कारण ट्रयाक गर्न नसकिएको भन्दै भैँसी लिएर आउनेलाई खाना तयार पार्न समेत भनेका थिए । सोही बमोजिम खाना बनाए र भैँसी सहितको गाडी आउने पर्खाइमा बसे ।

साथै उनले अशोक सिंहको माग अनुसार पटक पटक गरी त्यसबीचमा ८६ हजार ७०० पठाइदिए । तर जब उनले त्यतिधेरै रकम पठाए तब शर्माले भैँसीको दुर्घटना भएको बताउन थाल्यो ।

त्यसपछि बघेलले आफूमाथि ठगी भएको चाल पाए । अनि प्रहरी कार्यालयमा गएर उजुरी गरे । प्रहरीले शर्माको खोजी गरिरहेको बताएको छ ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?