+
+

मिटरब्याज पीडितले कहिले न्याय पाउँछन् ? वर्षौंवर्ष जाँदैन : गृहमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते १५:११

१९ चैत, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मिटरब्याज पीडितहरुलाई हरहालतमा न्याय दिइने बताएका छन् । मिटरब्याजीलाई कारबाही गर्ने र पीडितहरुलाई न्याय दिने सरकारको कबुल भएको उनले बताए ।

मिटरब्याज पीडितहरुसँग भएको सम्झौताबारे संसदलाई आइतबार जानकारी गराएपछि सांसदहरुले उठाएको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले कानुन संशोधन गरेर मिटरब्याजलाई आर्थिक अपराध मान्ने र अधिकारसम्पन्न आयोगमार्फत छानबिन गरेर कारबाही गर्ने बताए ।

विगतमा बनेका कतिपय आयोगले काम नगरेको वा कतिपय आयोगको प्रतिवेदन कार्यान्वयन नभएको अवस्थामा आशंका हुनु स्वभाविक भएको बताए । तर सरकार पीडितहरुलाई न्याय दिन प्रतिवद्ध रहेको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘यो हाम्रो कबुल हो, हारहालतमा मिटरब्याज पीडितलाई न्याय दिइन्छ ।’

अब बस्ने मन्त्रिपरिषद् बैठकले ऐन संशोधनका लागि विधेयक ल्याउने र संसदले पास गर्नासाथ आयोग बनाएर हरेक घटनाको अध्ययन गरेर कारबाही सिफारिस गर्ने बताए । कहिलेसम्म न्याय पाउँछन् भन्ने सांसदहरुको प्रश्नमा उनले भने, ‘म अहिले मिति चाहिँ भन्न सक्दिन । यति चाहिँ भन्छु वर्षौंवर्ष जाँदैन ।’

सरकारले ल्याउन लागेको ऐनमा आयोगलाई तीन महिनाको म्याद प्रस्ताव गरेको भन्दै पीडितहरुले कति छिटो न्याय पाउने भन्ने सांसदहरुमा पनि भर पर्ने बताए ।

‘यहाँहरुले सहयोग गरेर छिट्टै ऐन पारित गरिदिनुहुन्छ । अर्को क्याबिनेटबाट आयोग बन्छ र त्यसले तुरुन्तै काम थाल्छ, कारबाही सिफारिस गर्छ’, उनले भने, ‘त्यसकारण कति छिटो हुन्छ भन्ने तपाई हाम्रो पनि जिम्मेवारी छ ।’

सरकारको चाहना छिटो समस्या समाधान गरेर न्याय दिने भएको श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?