+
+

पीएसजी फेरि घरेलु मैदानमै पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २० गते ६:२२

२० चैत, काठमाडौं । फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमै फेरि पराजित भएको छ ।

आइतबार राति पार्क डे प्रिन्समा लिग लिडर पीएसजी लियोनसँग १-० ले पराजित भएको हो ।

लियोनलाई जिताउन वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ब्राडली बार्कोलाले ५६औं मिनेटमा गोल गरे ।

त्यसअघि अलेक्जान्डर लाकाजेटले पहिलो हाफमा प्रहार गरेको पेनाल्टी पोष्टमा लागेको थियो ।

पीएसजीका सर्वाधिक गोलकर्ता किलिएन एमबाप्पेले बराबरी गोल नजिक पुगे पनि उनको प्रहार सेभ भएको थियो ।

पीएसजी सबै प्रतियोगितामा गरी पछिल्लो १८ मध्ये ७ खेलमा पराजित भएको छ ।

हारपछि पनि २९ खेलबाट ६६ अंकका साथ पीएसजी  दोस्रो स्थानको लेन्स भन्दा ६ अंकले अघि रहेको छ ।

लियोन २९ खेलबाट ४४ अंकसहित नवौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?