+
+

धनगढीमा एसईई दिइरहेका विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा १२ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २० गते १६:४७

२० चैत, धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आइतबार एसईई परीक्षा दिएर घर फर्किरहेका बेला चार जना विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–१९ को फूलबारी माध्यमिक विद्यालयबाट एसईई परीक्षा दिएर घर फर्किरहेका बेला कुटपिट गर्ने सोही ठाउँका १२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले धनगढी उपमहानगरपालिका–१८ बस्ने १९ वर्षीय राजेश बिसी, २२ वर्षीय किसन खड्का, २० वर्षीय रविन्द्र खड्का, २० कै प्रविन रानामगर, २१ वर्षीय अशोक बिक समेतका १२ जनालाई पक्राउ गरेर घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । पक्राउ पर्ने अन्य नाबालक भएकाले प्रहरीले परिचय खुलाएको छैन ।

पक्राउ गरिएका उनीहरुमाथि अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आइतबार एउटा युवाहरुको समूहले परीक्षा दिएर घर फर्किरहेका बेला फूलबारीकै रमेश भण्डारी, जीवन भण्डारी, क्रीस मगर र सागर भण्डारीमाथि कुटपिट गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?