+
+

तनहुँ १ मा ९ उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २० गते १८:५९

२० चैत, तनहुँ । वैशाख १० मा हुने उपनिर्वाचनका लागि तनहुँ १ मा ९ दलका ९ जनाले मनोनयन दर्ता भएको छ ।

कांग्रेसबाट प्रतिनिधिसभामा निर्वाचित रामचन्द्र पौडल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१ मा उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगको तालिकाअनुसार निर्वाचनमा भाग लिन दर्ता भएका दलका तर्फ उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार मनोनयनपत्र दर्ता गरेको हो ।

तनहुँ–१ मा कांग्रेस, एमाले, रास्वपा गरि ९ दलका ९ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

यहाँ नेपाली कांग्रेसका तर्फबाट गोविन्द भट्टराई, ‍नेकपा एमालेका तर्फबाट सर्वेन्द्र खनाल तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले मनोनयन दर्ता गरेका छन् ।

राप्रपाकोतर्फबाट केन्द्रीय सदस्य शोभा गुरुङ, नागरिक उन्मुक्ति पार्टीको तर्फबाट भीमबहादुर सुनार, राष्टिय जनमुक्तिको तर्फबाट पूर्णबहादुर राना, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, नेपाल कम्युनिष्ट पार्टी समाजवादीबाट गणेश श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापाले मनोनयन दर्ता गरेका छन् ।

नेकपा एमालेबाट पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले दलबल सहित आफनो मनोनयन दर्ता गराए । उनको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एकबहादुर राना छन् ।

कांग्रेसका केन्द्रीय सदस्य भटराईले शुभ साइत नै हेरेर आफनो मनोनय दर्ता गराए । उनले दिउँसो ३:१४ मा उम्मेदवारी दर्ता गराएका थिए ।

उनको उम्मेदवारी दर्ताका लागि कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्य शंकर भण्डारी, नेकपा माओवादी केन्द्रका नेता हरिबहादुर चुमान पनि साथमै पुगेका थिए ।

उनको प्रस्तावकमा श्यामकुमार मौराती थिए । तर मौराती गएको निर्वाचनमा प्रदेशतर्फ समानुपातिक सूचिमा रहेका कारण उनलाई हटाई रघुनाथ पौडेललाई राखियो ।

समर्थकमा भने सरिता गुरुङ्गलाई राखिएको थियो ।

कांग्रेस परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टीबाट आफनो उम्मेदवारी मनोनयन गर्न डा.स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेलाई समेत सँगै लगेका थिए ।

अझ रोचक विषय भने तनहुँ कांग्रेसका पूर्व सचिव विश्व बास्तोलालाई वाग्लेको प्रस्तावकमा राखि पार्टी प्रवेश गराइयो । बास्तोलाले एक वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा कांग्रेस त्यागेका थिए । उनले मंसिरको चुनावमा रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी समेत हालेका थिए । अन्तिम समयमा उनले त्यो उम्मेदवारी भने फिर्ता लिए पनि पौडेललाई सघाएनन् ।

गण्डकी प्रदेशका पूर्व उर्जामन्त्री हरिशरण आर्चाय पनि वाग्लेको पक्षमा खुलेर मनोनयन दर्ता गर्ने स्थलसम्म पुगे । वाग्लेलाई विवेकशील साझा पार्टीले पनि समर्थन गर्ने भएको छ ।

यस क्षेत्रका ४२ वडामा ६९ मतदानस्थल तथा १ सय ५२ मतदान केन्द्र छन । यो क्षेत्रमा १ सय ८५ मतदाता घटेर १ लाख २३ हजार ३ सय ५ कायम भएको छ ।

यसअघिको निर्वाचनमा ६६ हजार ९ सय ६५ मत खसेकामा पौडेल २५ हजार ३ सय ६१ मत प्राप्त गरी विजयी बनेका थिए भने उनका प्रतिस्पर्धी एमालेका एकबहादुर रानाले १९ हजार ९ सय ८१ मत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?