+
+

रास्वपाको एकल सरकारलाई कसैले रोक्न सक्दैन : रवि

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २१ गते १२:४५

२१ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ५ वर्षपछि आफ्नो दलको एकल सरकारलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

चितवन क्षेत्र नम्बर २ मा १० वैशाखमा हुने उपचुनावका उम्मेदवार समेत रहेका लामिछानेले आफूविरुद्ध जति मुद्दा लगाएर पनि केही फरक नपर्ने दाबी गरे ।
६ महिनामा २० सिट जितेको भन्दै उनले भने, ‘५ वर्षमा दुई तिहाइ हुनसक्छ ।’

चुनावी घरदैलोका क्रममा उनले उपचुनाव हुन लागेका तीन वटै क्षेत्रमा जित्ने दाबी गरे ।

सरकारमा गएको विषयमा उठेको प्रश्नको पनि उनले जवाफ दिएका छन् । सरकारमा बस्दा पनि प्रचण्ड, ओली र देउवाको सेवा नगरेको, जनताको काम गरेको उनले बताए । ३२ दिन सरकारमा बस्दा काम देखाउन आफूले कोसिस गरेको भन्दै उनले भने, ‘१०० दिन पाएको भए तपाईंले देख्नुहुन्थ्यो कति जना भ्रष्टाचारी जेल जान्थे ।’

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?