+
+

प्रदेश सभा बैठकमा उपस्थित भएनन् लुम्बिनीका मुख्यमन्त्री गिरी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २१ गते १३:१०

२१ चैत, दाङ । लुम्बिनीमा जारी प्रदेश सभा बैठकमा मुख्यमन्त्री लिला गिरी अनुपस्थित भएका छन् ।

सोमबारदेखि सुरु भएको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री गिरी दुई दिन नै अनुपस्थित भएका  हुन् । सरकार अल्पमतमा परेको अवस्थामा प्रदेश सभा बैठकमा मुख्यमन्त्री गिरी उपस्थित नै भएनन् ।

यता, सत्तारुढ दलका प्रदेश सभाका सदस्यहरुले भने बैठकमा मुख्मन्त्री गिरीको सरकार अल्पमतमा परेकाले मार्ग प्रशस्त गर्नुपर्ने आवाज उठाएका छन् ।

सोमबार कांग्रेससहित नागरिक उन्मुक्ती पार्टी, जसपा, लोसपाका प्रदेश सभा सदस्यले अल्पमतमा परेको सरकारले संवैधानिक व्यस्था र नैतिकताका आधारमा बाटो खुला गर्नुपर्ने दबाव दिएका थिए ।

मंगलबार पनि जारी प्रदेश सभा बैठकमा छिटोभन्दा छिटो मार्ग प्रशस्त गरेर निकास दिनुपर्ने बताए ।

कांग्रेसका प्रदेश सभा राजु खनालले सरकारले बहुमत गुमाएको अवस्थामा सम्मानजनक रुपमा सरकारबाट बहिर्गमन हुन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?