+
+

अर्थमन्त्रीले गभर्नरसँग लिए ब्रिफिङ, पूँजीगत खर्च बढाउन सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २१ गते १३:५५

२१ चैत, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकसँग औपचारिक ब्रिफिङ लिएका छन् । उनले मंगलबार गभर्नर महाप्रसाद अधिकारीसहित राष्ट्र बैंकको टोली र अर्थ मन्त्रालयका अधिकारीसहितको टोलीसँग औपचारिक छलफल गरेका छन् ।

स्रोतका अनुसार मंगलबारको छलफलमा बजारमा सकारात्मक सन्देश कसरी प्रवाह गर्न सकिन्छ भन्नेबारे अर्थमन्त्री महतले सुझाव मागेका थिए । राष्ट्र बैंकले पूँजीगत खर्च बढाउन, निमार्ण व्यवसायीको भुक्तानीलाई तीब्रता दिन सुझाव दिएको छ ।

अहिले आन्तरिक ऋण परिचालन भइरहेको र सरकारले ओभरड्राफ्ट सुविधा पनि प्रयोग गर्नसक्ने अवस्था रहेको जानकारी राष्ट्र बैंकले अर्थमन्त्रीलाई गराएको छ । सोहीकारण निमार्ण व्यवसायीको भुक्तानी बढाएर पूँजीगत खर्च बढाउन सकिने राष्ट्र बैंकको सुझाव छ । यसले बजारमा सकारात्मक सन्देश जाने सुझाव अर्थमन्त्री महत समक्ष राष्ट्र बैंकले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?