+

यी खानेकुरामा हुन्छ ‘ट्रान्स फ्याट’, यसले कसरी बिगार्छ मुटु ?

२०७९ चैत  २१ गते १८:३९ २०७९ चैत २१ गते १८:३९
यी खानेकुरामा हुन्छ ‘ट्रान्स फ्याट’, यसले कसरी बिगार्छ मुटु ?

अक्सर हामी भनिरहेका हुन्छौं, बजारका खानेकुरा हानिकारक हुन्छन् । चाउचाउ, बिस्कुट, चिप्स, कुरकुरेले स्वास्थ्य खराब गर्छ । किन यसो भनिएको होला ?

किनभने यी खानेकुरामा ‘ट्रान्स फ्याट’ हुन्छ । बजारमा पाइने अधिकांश तयारी खानेकुरामा ट्रान्स फ्याट हुन्छ । अब प्रश्न उठ्छ, ट्रान्स फ्याट के हो ?

यसलाई सरल रुपमा यसरी बुझौं ।

हामीले विभिन्न माध्यमबाट शरीरमा बोसो तत्व प्राप्त गरिरहेका हुन्छौं । यस्ता बोसो तत्व एकदमै जरुरी पनि हुन्छ । यो पनि तीन किसिमको हुन्छ ।

१. असंतृप्त बोसो (अन सेचुरेटेड फ्याट)

२. संतृप्त बोसो (सेचुरेटेड फ्याट)

३. ट्रान्स फ्याट

कुरा गरौं, ट्रान्स फ्याटको ।

व्यापारिक प्रयोजनका लागि उद्योगबाट तयार गरिने खानेकुरामा ट्रान्स फ्याट हुन्छ । जस्तो चाउचाउ, बिस्कुट, कुरकुरे आदि । यसले खानेकुरालाई स्वादिलो र लामो समयसम्म टिकाउन मद्दत गर्छ ।

ट्रान्स फ्याट : मुटुरोग र मृत्युको जड

यसमध्ये ट्रान्स फ्याट भने शरीरका लागि हानिकारक मानिन्छ । यसले रगतमा खराब कोलेस्टोरेलको मात्रा बढाउँछ । ट्रान्स फ्याट रक्तनलीमा थेग्रिएर बस्छ । यसले गर्दा रक्त प्रवाहमा अवरोध आउँछ । नतिजा, रक्तनली सुन्निने, रक्तनली फुट्ने, स्ट्रोक वा हृदयघात हुने गर्छ ।

विश्वका उन्नत मुलुकहरुमा ट्रान्स फ्याट प्रतिबन्धित छन् । विकासोन्मुख मुलकमा भने ट्रान्स फ्याक्टयुक्त खानेकुरा जथाभावी खाइने गरिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार ट्रान्स फ्याक्टयुक्त खानेकुराकै कारण विश्वमा पाँच लाखभन्दा बढीको मृत्यु हुने गर्छ ।

कसरी बन्छ ट्रान्स फ्याट ?

ट्रान्स फ्याक्ट दुई किसिमको स्रोतबाट प्राप्त हुन्छ, प्राकृतिक र कृत्रिम । जनावरको रातो मासु र दूधजन्य परिकारमा ट्रान्स फ्याट हुन्छ, जुन त्यति हानिकारक हुँदैन ।

कृत्रिम ट्रान्स फ्याट भने वनस्पति तेललाई तताएर त्यसमा केही मात्रामा हाइड्रोजनको अणु मिसाएर उत्पादन गरिन्छ । यस्तो ट्रान्स फ्याटमा खानेकुरा पकाउँदा स्वादिलो हुनका साथै लामो समयसम्म टिकाउन सकिन्छ ।

कृत्रिक स्रोतबाट प्राप्त हुने औद्योगिक ट्रान्स फ्याटलाई पार्सियल्ली हाइड्रोजेनेटेड आयल भनिन्छ । वनस्पति तेललाई धेरै पटक वा लामो समय तताउँदा त्यसमा ट्रान्स फ्याट बढ्दै जान्छ ।

कुकिज, दालमोठ, फ्रेन्च फ्राइ आदिमा अत्यधिक ट्रान्स फ्याट प्रयोग गरिएको हुन्छ । बेकरी परिकार केक, पाउरोटी, आइसक्रिममा पनि ट्रान्स फ्याट हुन्छ । मिठाई, समोसा, पुरी, पकौडामा पनि ट्रान्स फ्याट हुन्छ ।

हामीले नियमित खाने तेलमा ट्रान्स फ्याट हुन्छ ?

नियमित खाने तेलमा ट्रान्स फ्याट हुँदैन । यसमा ओमेगा थ्री र ओमेगा ६ हुन्छ । यो अनस्याचुरेटेड फ्याट हो । यो तेल पनि धेरैबेर तताएको खण्डमा ट्रान्स फ्याट बन्न सक्छ ।

चाउचाउ, बिस्कुटमा ट्रान्स फ्याट कति हुन्छ ?

ट्रान्स फ्याट चाउचाउ र बिस्कुटमा मात्र होइन, बजारमा पाइने ९५ प्रतिशत प्याकेजिङ गरिएको खानेकुरामा हुन्छ । पहिला ट्रान्स फ्याट भनेर नै राखिन्थ्यो अहिले भने जिरो ट्रान्स फ्याट भन्छ तर हाइड्रोजेनिक तेल ०.५ देखि २ प्रतिशतसम्म हालेको पाइन्छ । त्यो भनेको पनि ट्रान्स फ्याट नै हो । त्यस्तै विश्व स्वास्थ्य संगठनको र विश्वव्यापी मान्यताअनुसार ट्रान्स फ्याट हुँदै नभएको वा दुई प्रतिशतभन्दा कम भएको खानेकुरा हानिकारक नहुने बताइन्छ ।

पशुजन्य बोसो खान हुन्छ कि हुँदैन ?

खानै नहुने त होइन तर शरीरको आवश्यकता अनुसार खान सकिन्छ । पशुजन्य बोसो धेरै खाएमा स्वास्थ्यमा समस्या हुन सक्छ । स्याच्युरेटेड फ्याटमा पर्ने यसले खानामा स्वाद बढाउने काम गर्छ ।

खानेकुरा ट्रान्स फ्याट
लेखक
सञ्जय महर्जन, पोषणविद्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?