+
+

जनतामा आशा जगाउन अधिकतम काम गर्छु : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते १२:१३

२२ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालमा जनतामा आशा जगाउन अधिकतम काम गर्ने बताएका छन् । एक–दुई दिनमा सरकारले शतप्रतिशत पूर्णता पाउने र जनताले राहत महसुस गर्ने गरी नीति तथा कार्यक्रम तथा बजेट बनाउने उनको भनाइ छ ।

नेकपा माओवादी केन्द्रको सहकारी तथा गरीवी निवारण विभागले आज आयोजना गरेको सहकारीकर्मीको पहिलो भेलालाई सम्बोधन गर्दै प्रचण्डले सरकारको ध्यान पूर्णरुपमा नीति तथा कार्यक्रम र बजेट निर्माणमा केन्द्रित हुने बताए । त्यसकै लागि आज सिंहदरबारमा छलफल समेत राखेको उनले बताए ।

आफूले चुनौतीपूर्ण रुपमा सरकार सन्चालनको अवसर पाएको बताउँदै उनले भने, ‘अहिले सरकारले करिब–करिब पूर्णता पाएको छ । आज भोलि शतप्रतिशत नै पूर्णता प्राप्त गर्छ । हाम्रो सबै ध्यान अब सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुनेछ । केही गुणात्मक, जनताले केही राहत पाउनेगरी ।’ अहिले संविधानलाई उल्टाउने गरी प्रतिगमनको प्रयास भइरहेको उनले बताए ।

अर्को प्रसंगमा उनले सहकारी आन्दोलनलाई पुँजीवादीकरण हुनबाट जोगाउनुपर्ने बताए । सहकारीलाई समाजवादको आधार खडा गर्ने साधनको रुपमा विकसित तुल्याउनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?