+
+

अफगान महिलालाई राष्ट्रसंघमा काम गर्न तालिवानको रोक

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते १८:५२

२२ चैत, काठमाडौं । तालिवानले अफगानी महिलाहरूलाई संयुक्त राष्ट्रसंघमा काम गर्न रोक लगाएको छ ।

राष्ट्रसंघका अनुसार तालिवानले यसबारेमा लिखित जानकारी दिएको छैन । तर महिलाहरुले राष्ट्रसंघका काम नगर्ने मौखिक जानकारी गराएको छ ।

राष्ट्रसंघको अनुसार पूर्वी नानगरहर प्रान्तमा स्थानीय तालिवान अधिकारीले अफगान महिलालाई राष्ट्रसंघको कार्यालयमा जान रोकेका छन् ।

तालिवानको यो कदम लगत्तै राष्ट्रसंघले अफगानिस्तानमा रहेका आफ्ना अफगान कर्मचारी (महिला पुरुष)लाई २ दिनसम्म काममा नआउनु भनेको छ ।

तालिवनासँग थप छलफल गरेर मात्रै थप निर्णय गर्ने राष्ट्रसंघको तयारी छ ।

सन् २०२१ मा शासनमा आएको तालिवानल लगत्तै महिलामाथि निक्कै कठोर नियम लगाएको छ ।

महिलालाई काम गर्न रोक लगाउने तालिवानको आदेशलाई राष्ट्रसंघले अस्वीकार्य पनि भनेको छ ।

राष्ट्रसंघका प्रवक्ताका अनुसार महिला कर्मचारी बिना अफगानिस्तानमा सहायताको खाँचो रहेको समुदायसम्म पुग्न असंभव छ ।

यो तथ्य बुझेर तालिवानले राष्ट्रसंघलाई अप्ठ्यारोमा पार्न यस्तो निर्णय गरेको आकलन छ ।  अफगानिस्तानमा राष्ट्रसंघको सहायता कार्यक्रम सञ्चालन गर्न अफगानसँगै विदेशी कर्मचारी खटिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?