+
+

स्मार्टफोनको ब्याट्री जोगाउन चाहनुहुन्छ ? चार्ज गर्दा यी गल्ती नगर्नुहोस्

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २३ गते १२:०४

कुनै पनि स्मार्टफोनमा यसको ब्याट्री सबैभन्दा महत्वपूर्ण पाटपुर्जा हो । फोनलाई दुरुस्त राख्न र यसलाई पूर्ण क्षमतामा चलाउनका लागि यसको ब्याट्री दुरुस्त हुनु अत्यावश्यक हुन्छ ।

स्मार्टफोन प्रयोगकर्ताको रुपमा तपाईं हाम्रा फोन चार्ज गर्ने बानी विभिन्न खालका हुन्छन् । स्मार्टफोन कसरी चार्ज गरिन्छ भन्ने कुराले फोनमा र खासगरी यसको ब्याट्रीमा कुनै असर गर्दैन भन्ने धारणा धेरैको हुन्छ । तर वास्तवमा फोन चार्ज गर्दा अपनाइने गलत तरिकाले ब्याट्रीको दीगोपना तथा क्षमतामा नकारात्मक असर पार्दछ ।

फोनमा कुनै समस्या आउन नदिन तथा बढीभन्दा बढी समय राम्रोसँग काम गर्ने कुराको सुनिश्चितताका लागि ब्याट्रीको उचित हेरचाह आवश्यक हुन्छ ।

हाम्रा कतिपय आनीबानीहरु यस्ता हुन्छन् जसले फोनको ब्याट्रीमा नकारात्मक असर पुर्‍याउँछन् । यस्ता आनीबानी परिवर्तन गरेर फोनको चार्जिङ स्पिडमा वृद्धि, ब्याट्री लाइफमा वृद्धि तथा फोन क्षतिग्रस्त हुने सम्भावित जोखिमबाट बचाउन सकिन्छ । फोनको ब्याट्रीलाई बिगि्रनबाट बचाउनका लागि तपाईंले त्याग्नैपर्ने तीन वटा आनीबानी यस्ता छन् :

· खोलमै राखेर फोन चार्ज गर्ने बानी : फोनको खोल नफुकालिक नै फोन चार्ज गर्ने बानी धेरैजसो स्मार्टफोन प्रयोगकर्ताको हुन्छ । तर यसो गर्नु राम्रो होइन । यसले खासगरी दुईवटा समस्या ल्याउन सक्दछ, पहिलो, ब्याट्री बढी तात्न सक्दछ र दोस्रो कनेक्टर भाँच्चिन सक्दछ । कमसल तथा डिजाइन नमिलेको खोलमा राखेर फोनलाई चार्जरमा जोड्दा त्यसले चार्जिङ कनेक्टर बिग्रिन सक्दछ । यसो गर्दा चार्जर केवलको मुखको साइज बिग्रिने र चार्जर राम्रोसँग फिट नहुने समस्या आउन सक्दछ । त्यस्तै खोलमा फोन राखेर चार्ज गर्दा फोन तात्ने समस्या हुन सक्दछ । यसले फोनको चार्जिंग स्पिडलाई घटाइदिने र ब्याट्रीको आयु नै खस्किने जोखिम हुन्छ । त्यसैले यस्ता समस्या आउन नदिनका लागि चार्ज गर्ने बेलामा फोनलाई यसको केसबाट निकाल्नुहोस् ।

· हरेक दिन फास्ट चार्जर प्रयोग गर्ने : यदि तपाईंको फोनमा फास्ट चार्जर अर्थात् ४० वाट चार्जर छ भने पनि यसलाई फोन चार्ज गर्नका लागि दैनिक प्रयोग नगर्नुहोस् । यसले तपाईंको फोनको ब्याट्रीको क्षमतामा एक वर्षमै गिरावट ल्याइदिन्छ । त्यसैले तपाईंले समय भएको बेला स्लो चार्जरबाट फोन चार्ज गर्न सक्नुहुन्छ । छोटो समयमा फोन चार्ज गर्नुपर्दा मात्रै फास्ट चार्जर प्रयोग गर्नुहोस् । यो कुरा झ्वाट्ट सुन्दा बेतुकको लाग्न सक्दछ तर दैनिक तीव्र चार्जरको प्रयोग गर्दा त्यसले ब्याट्रीमा दबाब पर्ने र क्षमतामा तीव्र ह्रास आउने जोखिम रहन्छ ।

· ब्याट्रीलाई ५ प्रतिशत भन्दा तल रित्याउनु : स्मार्टफोन ब्याट्रीका लागि अर्को हानिकारक सावित हुने आनीबानी भनेको ब्याट्रीको चार्जलाई रित्याएर ५ प्रतिशतभन्दा पनि तल झार्नु हो । फोनको ब्याट्रीलाई बिगार्ने यो सबैभन्दा हानिकारक बानी हो । फोनमा ब्याट्रीको चार्ज १०/१५ प्रतिशत भन्दा तल झर्दा त्यसले ब्याट्रीमा अत्यधिक दबाब पर्न थाल्दछ । यदि तपाईंले दैनिक जसो नै आफ्नो फोनको ब्याट्रीलाई यसरी रित्याउने र समयमै चार्ज नगर्ने गर्नुभयो भने त्यसले फोनलाई तीव्र गतिमा स्खलित गराउँदछ । त्यसैले फोनको ब्याट्री १५ प्रतिशतभन्दा तल नझर्दै फोनलाई चार्ज गरिहाल्नु पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?