
२३ चैत, काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडितहरुले शान्तिवाटिकामा आएर आफूहरूसँग वार्ता गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गरेका छन् ।
मिटरब्याज पीडितसँग छलफल गर्न पुगेका गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले समस्या समाधानका लागि आयोग गठन भइसकेको भन्दै थप छलफल गर्न मन्त्रालयमा आउन आग्रह गरेका थिए ।
त्यसको जवाफमा मिटरब्याज पीडितले आफूहरूले साहुसँग गरेका सबै तमसुक अवैध घोषणा गरे मात्रै छलफलमा बस्ने अडान लिए र वार्ताका लागि मन्त्री शान्तिवाटिकामा आउनुपर्ने बताए ।
१८ चैतमा मात्र सरकारले मिटरब्याज पीडितसँग पाँचबुँदे सहमति गरेको थियो । उक्त सहमति अनुसार सरकारले आयोग गठन गरेको छ ।
तर त्यो सहमतिलाई अपुरो भन्दै मिटरब्याज पीडितको अर्को समूहले आएर काठमाडौंमा प्रदर्शन गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4