+
+

बजेट बनाउँदा गुणात्मक ढंगले फड्को हान्नुपर्नेछ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २३ गते १८:०१

२३ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वर्षको बजेट गुणात्मक ढंगले फड्को हान्ने गरी बनाउने बताएका छन् । बजेट परम्परागत ढंगले बनाएमा जनताको अपेक्षा सम्बोधन गर्न नसक्ने उनको भनाइ छ ।

बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले कनिका छरेजस्तो बजेटले कुनै उपलब्धी नदिने बताएका हुन् ।

‘बजेटमा सबैतिर कनिका छरे जस्तो गरेर छर्ने भन्दापनि यो वर्ष बजेट तथा नीति कार्यक्रम बनाउँदा सरकारले गुणात्मक ढङ्गले परिणाममुखी हुने गरी फड्को हान्न जरुरी छ । आगामी बजेटको निरन्तरता, परम्परागत ढङ्गमा गयौं भने सरकारले जनताको अपेक्षा र असन्तुष्टिहरुलाई सम्बोधन गर्न सक्दैनौं’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले खर्चमा मितव्ययिता अपनाउने र स्रोत परिचालनमा मेहनत गर्ने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?