+
+

कोशी राखिसकेपछि एसईईमा सोधियो– प्रदेशको नाम के राख्न सल्लाह दिनुहुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २३ गते २०:३५

२३ चैत, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरिरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को बिहीबार अनिवार्य सामाजिक अध्ययन विषयको परीक्षा थियो ।

जसमा लुम्बिनी प्रदेशमा सोधिएको एउटा प्रश्न छ, ‘प्रदेश १ को नामकरण हुन सकेको छैन । यस सन्दर्भमा त्यस प्रदेशका वर्तमान मुख्यमन्त्रीलाई प्रदेशको नाम के राख्ने भनी सल्लाह दिनुहुन्छ ? आफ्नो धारणा प्रस्तुत गर्नुहोस् ।’

प्रदेशसभाको दुई तिहाइले १७ फागुनमै कोशी नामकरण गरे पनि एक महिनापछि यस्तो प्रश्न सोधेकामा सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । प्रश्नपत्र बनाउँदा शिक्षकहरुले समसामयिक विषयमा ध्यान नदिएको, बालबालिकाको मनोविज्ञान माथि खेलवाड गर्न खोजेको भन्दै विरोध भइरहेको छ ।

परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले प्रश्नपत्र निर्माणको प्रक्रिया नबुझेकाहरुले विरोध गरेको बताए । उनका अनुसार एसईईको प्रश्नपत्र माघ महिनामै तयार हुन्छ । ‘उहाँहरुको प्रश्न गर्नु स्वभाविक हो तर के पनि बुझ्नुपर्छ भने प्रश्नपत्र निर्माणको प्रक्रिया लामो हुन्छ । फागुनको दोस्रो हप्ता प्रश्नपत्र छापिसकिएको हुन्छ’, उनले भने ।

प्रदेशको नामकरण भइसकेपनि विद्यार्थीले व्यक्त गरेको विचार मूल्यांकन हुने परीक्षा नियन्त्रक श्रेष्ठले बताए । उनले भने, ‘प्रदेश नामकरण भएपनि यो सुझाव दिने र आफ्नो धारणा दिने किसिमको प्रश्न छ । विद्यार्थीको धारणालाई मूल्यांकन हुन्छ । मर्का नपर्ने गरी मूल्यांकन हुन्छ ।’

हेर्नुहोस् प्रश्नपत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?