+
+

नेपाली सेनामा जागिर खुल्यो, डाक्टरदेखि पण्डितसम्म माग

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २४ गते ८:२०

२४ चैत, काठमाडौं । नेपाली सेनामा जागिर खुलेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले प्राविधिक/हवाई/विविध सेवा तर्फ पदिक तथा विल्लादार पदहरुमा विज्ञापन खुलाएको हो ।

सेनाले डाक्टर, नर्स, कम्प्युटर, लेखा, पण्डित, प्लम्बर, भेटेरीनरीदेखि भिडियो सम्पादनसम्मका पदहरुमा भर्ना खुलाएको छ । यसैगरी व्याण्ड, हवाई सम्भार, एभिएसन स्टोर, ग्राउण्ड ह्याण्डलिङ, डिस्प्याचर लगायतका पदमा भर्नाका लागि पनि सेनाले आवेदन आह्वान गरेको छ ।

दरखास्त पेस गर्ने अन्तिम मिति आज चैत २४ गतेदेखि बैशाख २३ गतेसम्म तोकिएको छ । दोब्बर दस्तुर बुझाएर थप एक हप्तासम्म नेपाली सेनाको केन्द्रीय भर्ना छनोट केन्द्र स्वयम्भुमा आवेदन फारम बुझाउन सकिन्छ ।

हेर्नुहोस् नेपाली सेनाको दरखास्त आह्वान सम्बन्धी सूचना-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?