+
+

फेरिए एनसेलको सीईओ, जब्बोर कायुमोभ आउँदै

चोङ मुख्यालयमा मुख्य कर्पोरेट अफिसर बन्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २४ गते १२:२८

२४ चैत, काठमाडौं । एनसेलको प्रमुख कार्यकारी अधिकृतमा जब्बोर कायुमोभ नियुक्त भएका छन् । वर्तमान सीईओ एन्डी चोङ एजियटाको प्रधान कार्यालयमा बढुवासहित सुरुवा भएसँगै नयाँ सीईओका रुपमा जब्बोर आउन लागेका हुन् ।

उनले टेलिया र भिम्पेलकम जस्ता दूरसंचार संस्थाहरूमा सीईओको रूपमा समेत काम गरिसकेका छन् । उनी यसअघि डिजिसेल जमैकामा सीईओको रुपमा कार्यरत थिए । गत १६ जनवरीमा उनले डिजिसेल छाडेका थिए ।

कयुमोभ जुन २०१८ मा डिजिसेल ट्रिनिडाड एण्ड टोबागोको सीईओको रूपमा डिजिसेलमा सामेल भएका थिए । त्यहाँ उनको साढे दुई वर्ष बिताए भने डिजिसेल जमैकाको सीईओको रूपमा दुई भन्दा बढी वर्षको कार्यकाल पुरा गरे । उनीसँग दूरसञ्चार उद्योगमा वरिष्ठ तहमा रहेर काम गरेको लामो अनुभव छ ।

एनसेलबाट बढुवासहित विदा हुन लागेका एन्डीले भने ६ वर्ष एनसेलको व्यवस्थापनमा रहेर काम गरेका थिए । सुरुमा एनसेलको चिफ कमर्सियल अफिसरको रूपमा आएका उनी २०१९मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका थिए ।

नेपालमा गरेको पर्फर्मेन्सको आधारमा एन्डी एजियटाको ११ वटा कम्पनी हेर्ने ग्रुपको मुख्यालयमा मुख्य कर्पोरेट अफिसरमा रुपमा नियुक्त भएका छन् । ससँगै अब उनले आजियाटा ग्रुपमा ठूलो भूमिका ग्रहण गर्नेछन् ।

एन्डी नेपाल आएपछि पूँजीगत लाभकरको मुद्दा किनारा लागेको थियो भने उनकै पालामा एनसेलको कभरेज ९० प्रतिशत नाघेको कम्पनीको दाबी छ । डाटा सेन्टरको स्थापनासहित कम्पनीको डिजिटाइजेसनको काम पनि एन्डीकै कार्यकालमा भएका छन् ।

कम्पनीले सीईओ बदलिएकोबारे अहिलेसम्म आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?