+
+

विदेशमा मृत्यु भएका नेपालीको बीमा रकममा पनि ठगी

वैदेशिक रोजगार बोर्डका नासुसहित ७ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २४ गते १९:२९

२४ चैत, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका नेपालीले प्राप्त गर्ने बीमा रकम दिलाइदिन्छु भन्दै ठगी गर्ने गिरोह पक्राउ परेको छ । पक्राउ पर्नेमा बैदेशिक रोजगार बोर्डका नायब सुब्बा पशुपति अधिकारी समेत छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनको टोलीले ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अन्यमा रोशी–१२, काभ्रेका रामबहादुर तामाङ, लालबन्दी–८, सर्लाहीका विनोदकुमार लामा, डिकबहादुर मल्ल, रविन भन्ने रविन्द्र मोक्तान, प्रकाशबहादुर गोले र रुद्रमान गोले पनि छन् । उनीहरुको साथबाट विदेशमा ज्यान गुमाएका व्यक्तिहरुको नागरिकता, राहदानी, जन्म, विवाह र मृत्यु दर्ता, वडा कार्यालयको सिफारिस लगायतका कागजात बरामद भएको छ ।

उनीहरुले वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएका र बिदामा आउँदा मृत्यु भएका नेपालीहरुले प्राप्त गर्ने बीमाको रकम दिलाइदिन्छु भनेर मृतकका आफन्तलाई ठगी गर्ने गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?