+
+

तुलसी सहकारी पदाधिकारीसहित ३ जना पुर्पक्षका लागि थुनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २४ गते २१:३८

२४ चैत, विराटनगर । जिल्ला अदालत, मोरङले तुलसी बहुमुखी सहकारीका दुई पदाधिकारीसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

१ हजार ३०७ बचतकर्ताको ५० करोड ८८ लाख ७८ हजार ७१८ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले सहकारीका अध्यक्ष केदारनाथ शर्मासहितका ८ जनाविरुद्ध मुद्दा चलाएको थियो ।

अदालतले उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दिप खवासलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अध्यक्ष शर्मासहितका ५ जना भने फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?