+
+

काठमाडौं उपत्यकामा जीवित छ नेवारी संस्कृति (तस्वीर कथा )

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २५ गते १०:०८
बुङमती खेतबाट फर्कंदै किसान ।

२५ चैत, काठमाडौं । नेवाः संस्कृति काठमाडौं उपत्यकाको मौलिक संस्कृति हो । काठमाडौं उपत्यका र वरपरका जिल्लाका आदिवासी वा मुख्य बासिन्दा नेवार हुन् । वाग्मती नदी वरपर रहेका उपत्यका नै नेवारका आदिम स्थल हुन् ।

नेवाः शब्दले कुनै नश्ल विशेषलाई नजनाइ भाषिक-सांस्कृतिक समुदायलाई जनाउँछ । नेपालको इतिहास खोतल्दै जाने हो भने काठमाडौं उपत्यकाको पानीले निकास पाएपछि बनेको बस्न योग्य भूमिसँगै नेवारहरूको बसोवास उपत्यकामा रहँदै आएको पाइन्छ ।

काठमाडौंका नेवारहरू राजधानीका आदिवासी मात्र होइनन्, कला, साहित्य, गीतसंगीत, खानपान, जात्रालगायतका अनेकौं पक्षको नेतृत्व सम्हाल्ने साधक पनि हुन् । त्यसैले त काठमाडौंमा नेवाः संस्कृतिको छुट्टै महत्व र पहिचान छ ।

नेवारहरू सिर्जनात्मकतामा विश्वास गर्छन् । अहिले पनि नेवारी समुदायका धेरै मान्छेहरू मूर्तिकला, परम्परागत संगीतकला, चित्रकला, खाद्यकला लगायतका सिर्जनात्मक कर्ममा तल्लीन हुन्छन् ।

कीर्तिपुरमा धान कुट्दै नेवार समुदायका महिलाहरू ।

साहित्य साधना, कलाकारिता, राजनीतिलगायतका क्षेत्रमा काठमाडौंका नेवारहरूले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।

नेपालको धार्मिक, सांस्कृतिक परिचयको मेरुदण्डका रूपमा नेवार जाति र नेवारी संस्कृतिलाई लिन सकिन्छ ।

विश्व परिवेशमा नेवारी संस्कृति र नेवारहरूको धार्मिक गतिविधि संसारका लागि एउटा उत्तम नमूना र मानवीय सहिष्णुताको आधार पनि हो ।

नेवारहरूको पर्व, नेवारी संस्कृति र पर्व अनुसारका फरक-फरक जात्राले विश्वमा नै एउटा पृथक जातका रुपमा रूपमा स्थापित गरेको छ ।

विश्वको सांस्कृतिक रंगमञ्चमा एउटा अब्बल र सर्वपि्रय भुमिका खेल्ने गर्छ नेवारी समुदायले । तर यसो भन्दै गर्दा समयको परिवर्तनले आज नेवारी संस्कृतिको अस्तित्व खतरामा पर्दै गएको पनि छ ।

तस्वीरहरु : न्युज एजेन्सी नेपाल

सानागाँउकी महिला परालको खेलौना बनाउँदै ।
सिद्धिपुरका महिला सुकुल बुन्दै ।
पाटनका वृद्ध महिला पाटीमा दौतरीसँग गफिदै ।
आगन्तुकसँग पाटनकी कुमारी निहिरा बज्राचार्यलाई भेट गराउन बोकेर लैजादै उनकी आमा ।
प्याङगाँउमा प्याङ बनाउँदै वृद्ध ।
ठेचोका महिलाहरु चकटी बुन्दै गफिदै ।
भक्तपुरमा माटाको भाँडा बनाउँदै पुरुष ।
भक्तपुरमा माटाका भाँडा सुकाउने तरखर गर्दै महिला ।
खोकनाका वृद्धहरु विश्राम गर्दै ।
बुङमतीमा काठको गोलीया बनाउँदै एक बृद्ध ।
खोकनाका मुखिया परम्परागत पोशाकमा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?