+
+

गोल सम्झिँदा एञ्जिलाको आँखामा आँसु

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २५ गते २०:४२
पत्रकार सम्मेलनमा एन्जिला तुम्बोप्पे । तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

२५ चैत, काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान एवं गोलरक्षक एन्जिला तुम्बोप्पो सुब्बा खेलपछिको पत्रकार सम्मेलनमै रोएकी छन् ।

पेरिस ओलम्पिक २०२४ को छनाट मा शनिबार भएको दोस्रो खेलमा नेपाल २–० ले पराजित भएको थियो । यससँगै समग्रमा ७–१ को हार व्यहोरेर नेपाल ओलम्पिक छनोटबाट बाहिरिएको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले छैटौं र सातौं मिनेटमा गोल खाएको थियो । गोलरक्षक र डिफेण्डरबीच समन्वय नहुँदा नेपालले खानु नपर्ने गोल खाएको थियो ।

दोस्रो हाफमा गोलकिपर परिवर्तन गरेपछि नेपालको खेल सुधारिएको थियो । तर सब्सिच्युट हुने क्रममा एन्जेला भावुक बनेकी थिइन् ।

खेलपछि आयोजित पत्रकार सम्मेलनमा यसबारे प्रश्न गर्दा उनी भावुक बनिन् ।  ‘डिफेन्सर र किपरलाई नराम्रो कमेन्ट आएको थियो, हामी चाहिँ गोल खाँदैनौं भन्ने थियो….’ यति भन्नासाथ उनको आँखा रसायो ।

प्रशिक्षक अनन्त थापाले भने उनको बचाउ गरे । एन्जिनाले फुटबलमा हुने गोल नै खाएको र उनी फाइटर भएको अनन्तले बताए ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?