+
+

लेखराजको निवासमा प्रचण्डले भने– यो घर मेरो पनि हो भन्ने लागेर आएँ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते १२:१८

२६ चैत, काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बिहान कैलालीको अत्तरियास्थित नेकपा एमालेका सचिव लेखराज भट्टको निवासमा पुगेका छन् । त्यहाँ भट्टसँग समसामयिक विषयमा छलफल गरेको प्रचण्डले बताएका छन् ।

भेटघाटपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भट्टको घरसँग आफ्नो ४० वर्षदेखि सम्बन्ध रहेकाले आएको बताए । ‘यहाँ माथि एउटा म बस्ने कोठा छ,जहाँ मैले खाने बस्ने गर्थें । त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हुँ ।’

लेखराज भट्ट राजनीतिक व्यक्तित्व भएकाले समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल गरेको जानकारी प्रचण्डले दिए ।

पूर्वमाओवादी नेता भट्ट नेकपा भंग भएपछि माओवादी नेकपा एमालेतिर लागेका थिए । भट्ट माओवादीभित्र प्रचण्ड निकट मानिन्थे । एक सार्वजनिक कार्यक्रममा प्रचण्डले भट्ट एमालेतिर लाग्दा आफूलाई रातभर निद्रा नलागेको बताएका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन जाने क्रममा प्रधानमन्त्री प्रचण्ड धनगढीको गेटा विमानस्थलबाट भट्टको निवासमा गएका थिए । भट्टको परिवारले प्रचण्डलाई फलफूल खुवाएको थियो । त्यहाँ केहीबेर आराम गरेपछि प्रचण्ड कञ्चनपुरतर्फ प्रस्थान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?