+
+

आज प्रतिनिधि सभा बैठक, कार्यसूचीमा सार्वजनिक सेवा प्रसारण विधेयक

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते ८:१७

२७ चैत, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ । आजको बैठकमा सम्भावित दुई कार्यसूची छन् ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीको पहिलो नम्बरमा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७८/०७९ छ । सो प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।

यसैगरी दोस्रो कार्यसूचीमा ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’ सम्बन्धी छ । राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्तुत गर्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?