+
+

फेसबुकमा महिलाको चरित्र हत्या गरेको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते १७:०३

२७ चैत, काठमाडौं। प्रहरीको साइबर ब्‍यूरोले सामाजिक सञ्जाल फेसबुकको दुरूपयोग गरी महिलाको चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा गाउँपालिका-६ बस्‍ने २० वर्षीय कादिर मोमिन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा  साइबर ब्‍यूरोले उनलाई झापाबाटै पक्राउ गरेको  साइबर ब्‍यूरोका प्रवक्ता पशुपति कुमार रायले जानकारी दिए ।

कादिरले पीडित महिलाको फेसबुक वाल/टाइमलाइनमा अन्‍य महिलाको शरीर तस्वीरमा जोडेर अश्लील शब्द  तस्वीर र भिडियो पोस्ट गर्नुका साथै टिकमा पनि सोही सामग्री राखेर चरित्र हत्या गरेको प्रहरीको आरोप छ ।

पक्राउ परेका उनमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ४ दिन म्‍याद थप गरी आवश्‍यक कारबाहीका लागि अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?