+
+

निर्माण व्यवसायीको भुक्तानी रोकिंदा धेरै क्षेत्रमा नकारात्मक असर परेको छ : गभर्नर

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते १७:१६

२७ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निर्माण व्यवसायीहरूको भुक्तानी रोकिंदा धेरै क्षेत्रमा नकारात्मक असर परेको बताएका छन् । निर्माण उद्योगलाई प्राथमिकतामा राखेर व्यवसायीहरूलाई तत्काल भुक्तानी उपलब्ध गराउन आफूले सम्बन्धित क्षेत्रको ध्यानाकर्षण गराइसकेको गभर्नर अधिकारीले बताए ।

नेपाल निर्माण व्यवसायी महासंघसँगका भेटमा गभर्नर अधिकारीले निर्माण व्यवसायीहरूलाई भुक्तानी दिंदा तत्काल सरकारी कोष नै बलियो हुने बताए ।

महासंघले उपलब्ध गराएको निर्माण उद्योगसँग सम्बन्धित बैंकिङ क्षेत्रको समस्याका बारेमा राष्ट्र बैंकले गहन अध्ययन गरी जायज माग सम्बोधन गरिने प्रतिबद्धता उनले जनाए ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीहरूको ठूलो रकम राज्यले निकासा नगर्दा ‘सप्लाई चेन’ मै गम्भीर समस्या आएको बताए । निर्माण व्यवसायीहरूको समस्या समाधानका लागि बैंकहरू लचिलो नभए समस्या अझ विकराल हुन सक्ने अध्यक्ष सिंहले बताए ।

‘क्रेडिट रेटिङ, ब्याज दर समायोजन, ठेक्का कर्जा, चाल् पूँजी कर्जा सम्बन्धी मार्गदर्शन, चेक बाउन्स, कालोसूची, पुनर्कर्जा लगायतका विषयमा समस्या समाधानका लागि उनले गभर्नरलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?