+
+

लापरबाहीका घटना दोहोरिएपछि पर्यटन मन्त्रालयले नेपाल एयरलाइन्सलाई सोध्यो स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते १८:१२

२७ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई उडान प्रक्रियाका दौरान गरेका लापरबाहीबारे दोस्रो स्पष्टीकरण सोधेको छ । यसअघि सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै मन्त्रालयले निगमलाई दोस्रो स्पष्टीकरण सोध्ने निर्णय गरेको पर्यटन मन्त्री सुदन किरातीले जानकारी दिए । उनका अनुसार मलेसियाको क्वालालाम्पुरमा चार्टर फ्लाइटबाट निगमलाई आर्थिक भार के कति पर्न गएको हो, स्पष्ट पार्न भनिएको छ ।

नेपाल एयरलाइन्सको हवाइजहाजको दिल्लीमा पाङ्ग्रा बिग्रेको कारण जहाज उडानमा ढिलाइ भएको सम्बन्धमा पाङ्ग्रा लगायत सानातिना पार्टपूर्जाको व्यवस्था निगमको उडान हुने गन्तव्यमा किन राख्न नसकिएको हो र यसबाट आर्थिक भार के कति पर्न गयो भनि मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

काठमाडौं-दुवई सेक्टरमा पाइलटको अभावले जहाज उडानमा ढिलाइ भएको जानकारी प्राप्त भएको भन्दै पाइलटको व्यवस्था किन गर्न नसकिएको भनी सोधिएको छ । यसबाट संस्थालाई के कति आर्थिक भार पर्न गयो भनी स्पष्ट पार्न भनिएको छ ।

एयरपोर्टमा सामान हराइरहेका गुनासो बारम्बार आइरहेकोले सो लाई नियन्त्रण गर्ने कार्य योजना के कस्तो छ ? पेश गर्न समेत मन्त्रालयले भनेको छ । आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पद बहाली पश्चात टुइनअटर जहाज कति पटक ग्राउण्डेड भयो ? यसबाट संस्थालाई आर्थिक भार कति पर्न गयो ? अब आगामी दिनमा यस्तो हुन नदिने कार्य योजना हुनु पर्छ कि पर्दैन भन्नेबारे पेस गर्न समेत मन्त्री किरातीले प्रश्न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?