+
+

के पृथ्वीमा सगरमाथा भन्दा अग्लो हिमाल सम्भव छ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २८ गते १६:११

२८ चैत, काठमाडौं । ६ करोड वर्ष पहिले युरेसियन प्लेट र इन्डियन प्लेट एक आपसमा ठोक्किँदा हिमालको उत्पत्ति भएको थियो । घनत्वमा समान यी दुई प्लेट एक-अर्कामा विलिन भएनन् ।

प्लेट ठोक्किँदा चट्टानहरू उकासिए । त्यसपछि पृथ्बीमा हिमालहरू बने । सबैभन्दा अग्लो हिमाल सगरमाथा हो । अन्तर्राष्ट्रिय जगतमा माउन्ट एभरेष्टका नामले परिचित यसको उचाइ समुन्द्री सतहबाट ८ हजार ८४८ .८६ मिटर छ ।

सगरमाथा पछि दोस्रो उचाइको हिमालमा माउन्ट केटू पर्छ । यसको उचाइ ८ हजार ६ सय ११ मिटर छ । पृथ्बीका यी हिमाल अझै अग्लो हुनेछन् वा यी भन्दा अरू हिमालको उचाइ बढ्नेछ ?

यी प्रश्नको जवाफका लागि हिमालको उचाइ कसरी बढ्छ भन्ने जान्न जरूरी छ ।

सैद्धान्तिक रूपमा  अन्य हिमाल सगरमाथाभन्दा अग्लो हुनसक्छ । ओरेगन विश्वविद्यालयमा कार्यरत भू-भौतिकविद् जिन हम्फ्रीका अनुसार अन्य हिमालको उचाइ वृद्धि सैद्धान्तिक रूपमा संभव भए पनि व्यवहारिक रूपमा कठिन छ ।

‘पृथ्वीको गुरूत्वाकर्षण बलका कारण पहाडमा बढेको चट्टान तल खस्दै जान्छ । रोटी बनाउनका लागि टेबुलमा राखेको पीठोको डल्ला विस्तारै सपाट भएझैं चट्टान पनि त्यस्तै हुन्छ,’ उनले भने।

यस्तै हिम पहिरो लगायतका प्रकोपले पनि हिमालको उचाइ वृद्धिमा असर पुर्‍याउँछ । ‘स-साना पहिरोले ठूलै हिमपहिरो निम्त्याउने हुँदा यसले हिमालको उचाइमा असर पुग्छ,’ हम्फ्री भन्छन्।

स-साना क्षयीकरण र गुरूत्वाकर्षणको चापका कारण हिमाल जति अग्लो भयो त्यतिनै बलियो पहिरोको संभावना हुन्छ। ‘सगरमाथाको उचाइ अझै बढ्न सक्ला तर यसको दक्षिणी क्षेत्र अस्थिर रहेकाले ठूलो हिमपहिरोको जोखिम छ,’ हम्फ्री भन्छन्।

सैद्धान्तिक रूपमा पृथ्बीमा सगरमाथा भन्दा अग्लो हिमाल असम्भव छैन तर क्षयीकरण र हिम पहिरोले हिमालको उचाइ वृद्धिमा असर पुर्‍याउँछ ।

हम्फ्रीका अनुसार अन्य हिमालहरू पनि सगरमाथा भन्दा अग्लो हुने संभावना पनि रहन्छ।  सबै कुरा ठीकठाक भएमा सगरमाथा भन्दा १६ सय मिटरले अग्लो हुनसक्ने हम्फ्रीको भनाइ छ।

तर त्यसका लागि ज्वालामुखी विस्फोटनबाट मात्रै अर्को अग्लो हिमालको जन्म हुनसक्ने उनको भनाइ छ ।

उदाहरणका लागि हवाइ टापुका ज्वालामुखी पहाडहरू अग्लो हुनेछन् । ज्वालामुखीबाट निस्किने लाभाहरू चिसिँदै थुप्रिँदा ज्वालामुखी पहाडहरूको उचाइ बढ्दै जान्छ । ज्वालामुखीका क्रममा चट्टानहरू पनि पग्लिएर उछिटिन्छन् । तिनै पग्लिएका चट्टानको थुप्रिँदै जाँदा ज्वालामुखी पहाडहरूको उचाइ अग्लिँदै जानेछ ।

मंगल ग्रहमा ‌ओलम्पस मोन्स पहाड बनेझैँ ज्वालामुखी प्रक्रियाबाट पृथ्बीका ज्वालामुखी उत्पन्न हुने पहाडहरूको उचाइ पनि बढ्दै जाने वैज्ञानिक ब्रियोनी होगन बताउँछ । मंगल ग्रहमा टेक्टोनिक प्लेट पर्याप्त नभएकाले ओलम्पसको उचाइ अझै बढ्न सक्छ । चट्टानहरू पग्लिएर बन्ने म्याग्यमाको निरन्तर उत्पत्ति र म्याग्मा थपिँदै जाँदा ओलम्पस अग्लिँदै गएको हो ।

हवायन पहाडमा ज्वालामुखी हुँदा निस्केका लाभा बगेर चिसिँदा चट्टानको तह थपिन्छ । तर प्येसिफिक प्लेट हल्लिरहने हुँदा त्यहाँ ओलम्पस मन्सजस्तो पहाड बन्न भने संभव छैन । ‘मंगल ग्रहमा प्लेट नहल्लिने हुनाले त्यहाँ थुप्रो  बढ्दै जाने हो तर पृथ्बीमा प्लेटहरू हल्लिएर  क्षयीकरण हुन्छ,’ उनले भने ।

ओलम्पसको उचाइ वृद्धिमा पनि एक सीमा रहेको होगनको भनाइ छ । म्याग्गमा फाल्नका निम्ति आवश्यक चाप विस्तारै कम हुँदै जाने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?