+
+

पानले फाइदा गर्छ कि हानि ?

डा. पुनेश्वर केशरी डा. पुनेश्वर केशरी
२०७९ चैत २८ गते १७:२०

पानको पातभित्र विभिन्न कुरा मिसाएर बनाइएको एक प्रकारको खानेकुरा पान हो । विशेषगरी नेपालको तराई-मधेश र भारतमा पान खाने चलन निकै छ । परापूर्वकालदेखि नै खाने प्रचलनमा रहेको पान विभिन्न सांस्कृतिक पर्वमा समेत भएको पाइन्छ ।

आयुर्वेदमा पानको उपयोगिताबारे निकै वर्णन गरेको पाइन्छ । पानको वैज्ञानिक नाम पाइपर बेटल हो । आयुर्वेदिक भाषामा यसलाई ताम्बुल भनिन्छ । पान स्वास्थ्यवद्र्धक मात्रै होइन, हानिकारक पनि हुन्छ । पानमा यदि कठ्ठा (खयरको सारबाट बनाएको चीज), चुना, ल्वाङ र इलाइची मिसाएको पान राम्रो अर्थात् स्वास्थ्यवद्र्धक मानिन्छ । यसले स्वर भासिएको बेला र मुखको घाउ समेत निको पार्छ ।

तम्बाकु, अन्य सुर्तीजन्य पदार्थ, निकोटिनका साथै लागुपदार्थ समेत पानमा मिसाइएको हुन सक्छ । यसबाट भने सचेत रहनुपर्छ । पानको प्रकार जति पनि बनाउन सकिन्छ, पानको यति नै प्रकार भने हुँदैन । अहिले बजारमा चलेका पान जस्तै, मीठा पान, तुलसी पान र आगो बालेर खाने पान स्वास्थ्यका लागि हानिकारक हुन सक्छन् ।

औषधिजन्य पानको लागि पाइपर बेटल पातको प्रयोग गरिन्छ । बंगालपट्टा (बंगलादेशबाट आयात), मेलबाररिजन (साउड भारतको) । यी पातबाहेक अरु पातमा बनाइँदैन ।

पान खानु खैनी, चुरोट जस्तै हो कि फरक ?

पान औषधिको रुपमा प्रयोग गरेमा खैनी, चुरोटभन्दा फरक हुन्छ । यदि पानमा खैनी, तम्बाकु लगायत सूर्तीजन्य पदार्थ मिसाएर खाएमा भने खैनी, चुरोट जस्तै हुन्छ ।

यस्तो खालको पान खाने बानी बसेमा यो नखाएसम्म खाना नरुच्ने, दिसा सफा नहुने, शरीरमा खलबली महसुस हुने र थकान महसुस हुने जस्ता समस्या देखा पर्न सक्छ ।

पानमा फाइदा

आयुर्वेदिक हिसाबले पानका फाइदा निकै छन् । खानाको रुचि बढाउन, खाना पचाउन, मुखमा र्‍यालको मात्रा बढाउन, मुखको दुर्गन्ध हटाउन, मुखमा घाउखटिरा निको पार्न, पेटमा जुका मार्न, मुख, घाँटीको फोहोर हटाउन पनि पानले सहयोग पुर्‍याउँछ । पानले यौनक्षमता बढाउन पनि भूमिका खेल्छ ।

लामोसम्म सुख्खा खोकी लागेमा पानमा कौडी भष्म हालेर खाँदा प्रभावकारी हुन्छ । औषधिको प्रयोगको लागि पानको पात खाने हो । साथै पानमा सुपारी राखेर सेवन गर्दा कफ सुकाउने र तिर्खा बढी लाग्ने गर्छ । जसकारण पानी धेरै सेवन गर्नाले शरीरमा पानीको मात्रा कम हुन दिंदैन । खाना खाइसकेपछि स्वास्थ्यवर्द्धक पान सन्तुलित रुपमा सेवन गर्न सकिन्छ ।

पान खाँदा के के हानि गर्छ ?

नाक, मुखबाट रगत आउने समस्या भएकाले, रगत पातलो गर्ने औषधि, जाँड-रक्सी धेरै पिएर पान खाँदा स्वास्थ्यमा हानि पुर्‍याउन सक्छ । नियमित सेवन गरेमा यसको लत पनि लाग्ने गर्छ । जसले शरीरमा नकारात्मक असर पार्न सक्छ ।

पहिलोपटक पान सेवन गर्दा मुखमा घाउ हुने, पोल्ने, जिब्रो लाटो जस्तो हुने, स्वाद थाहा नपाउने जस्ता समस्या देखिन सक्छन् । टाउको झुम्म हुने र कतिपय अवस्थामा बेहोस समेत हुने समस्या पानले ल्याउन सक्छ । त्यसैले यसको नियमित सेवन स्वास्थ्यका लागि राम्रो मानिंदैन ।

(आयुर्वेद चिकित्सक डा. केशरी टेकुस्थित जडिबुटी तथा औषधि व्यवस्थापन शाखा प्रमुख समेत हुन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?