+

खानासँग सम्बन्धित ६ कुरा, जुन तौल घटाउन उपयोगी हुन्छ

२०८० फागुन  ८ गते १८:३१ २०८० फागुन ८ गते १८:३१
Shares
खानासँग सम्बन्धित ६ कुरा, जुन तौल घटाउन उपयोगी हुन्छ

काठमाडौं । धेरै मानिसको समस्या बनेको छ मोटोपन । एकाएक शरीरमा बढेको वजन नियन्त्रण गर्न नसक्दा चिन्ता बढिरहेको छ । वजन घटाउन अनेक प्रयास गर्दा पनि धेरैले चाहेअनुसारको नतिजा पाइरहेका छैनन् ।

मोटोपनको खास कारण नै अहिले खानपान र अस्तव्यस्त जीवनशैली हो । यस्तोमा मोटोपन घटाउने खानेकुराले पनि महत्वपूर्ण भूमिका खेल्छ ।

र्खाले जे खाए त्यही खाऔं

आधुनिक बन्ने लहडले पछिल्लो समय हाम्रो खानपान परिवर्तन भएको छ । सन्तुलित र पोषणयुक्त खाना खानेभन्दा पनि तत्कालको स्वादको बखान र बहकाउमा बजारबाट किनेका, प्रशोधित र प्याकेट बन्द खानेकुरा खाने चलन बढेको छ । यसले मोटोपन बढाउनुका साथै विभिन्न स्वास्थ्य समस्या निम्त्याएको छ ।

त्यसैले खानपिनको आधुनिक शैलीभन्दा आफ्ना पुर्खाहरूले पालना गरेका खाने बानी पालना गर्नु उत्तम हुन्छ । शरीरले कस्तो खानेकुरा चाहेको छ त्यसमा ध्यान पुर्‍याउनुपर्छ । अर्गानिक खाने, प्रशोधित खानेकुरा कम खाने र सकेसम्म स्थानीय तथा मौसमी फलफू र तरकारीहरू उपभोग गर्ने प्रयास गर्नुपर्छ ।

आफ्नो आहारमा केही घिउ र परम्परागत तेलहरू जस्तै बदाम, तिल र नरिवल समावेश गर्नुपर्छ, किनकि शरीरलाई बोसो पनि चाहिन्छ ।

मात्रा मिलाएर खाऔं

बिस्तारै र मात्रा मिलाएर पटक–पटक खाना खानु पनि तौल घटाउने एक तरिका हो । दिनमा ६ देखि आठ पटक खाना खाँदा शरीरले पाचनका लागि धेरै क्यालोरी प्रयोग गर्छ । यसरी पटक-पटक खाना खाँदा शरीर त्यसलाई पचाउने काममा व्यस्त हुन्छ ।

यसलाई खानाको ‘थर्मोजेनिक’ प्रभाव भनिन्छ, जुन तौल घटाउने स्मार्ट तरिका हो । यसलाई आन्तरिक कसरत पनि भनिन्छ, किनकि शरीरले निरन्तर पाचनमा काम गर्ने भनेको शरीरलाई कसरत दिनु हो ।

लामो समयको अन्तरालपछि केही खानुको तुलनामा मात्रा मिलाएर पटक–पटक खाँदा शरीरले त्यसलाई पचाउन मेहनत गर्छ र आन्तरिक कसरत हुन्छ ।

शरीरको मागअनुसार खाऔं

आयुर्वेदका अनुसार सही समयमा सही मात्रामा खाना खाँदा स्वास्थ्य राम्रो हुन्छ । यो बुझ्न आवश्यक छ कि हामीले खानाबाट प्राप्त इन्धन प्रयोग गर्न हाम्रो शरीरलाई समय चाहिन्छ । हाम्रो शरीरको आफ्नै प्राकृतिक लय छ– दिउँसो १२ बजेदेखि बेलुका ८ बजेसम्म शरीरको पाचन क्षमता उत्कृष्ट हुन्छ । त्यसैले यस समयमा अधिकतम पोषण लिनुपर्छ ।

समय बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म शरीरको डिटक्स समय हो । सूर्यास्तसँगै शरीरको पाचन प्रक्रिया सुस्त हुन्छ किनभने पृथ्वीको ऊर्जा घट्दै जान्छ । त्यसैले सूर्यास्तपछि खाएको खाना पचाउन गाह्रो हुन्छ । के खाने र कुन समयमा खाने भन्ने कुरामा बढी विचारशील हुनुपर्छ । कुनै तालिकाअनुसार खाना खानुभन्दा पनि शरीरको प्राकृतिक लयअनुसार खाना खानुपर्छ ।

सुत्नु भन्दा केही घण्टाअघि खाऔं

सुत्नुभन्दा केही घण्टाअघि खाना खाँदा शरीरलाई खाना पचाउन र आवश्यक पोषक तत्त्वहरू सही भागमा पुर्‍याउन पर्याप्त समय मिल्छ । राति सुतेको समयमा शरीर रिकभरीको धेरै महत्त्वपूर्ण प्रक्रियामा पूर्ण रूपमा ध्यान केन्द्रित गर्न सक्षम हुन्छ । रातको खाना धेरै भारी खाइयो वा ओछ्यानअघि खाइयो भने शरीरले आफ्नो रिकभरी कार्यमा ध्यान दिन सक्षम हुनेछैन र अर्को दिन असहज महसुस हुन्छ ।

फलफूल पनि सीमित मात्रा खानु राम्रो

फलफूलमा धेरै स्वाद र पोषक तत्त्व पाइने भएपनि यिनीहरूमा ‘ग्लाइसेमिक इन्डेक्स’चिनीको मात्रा पनि हुन्छ । फलफूललाई मिठाइको विकल्पमा सीमित मात्रामा खान सकिन्छ ।

स्याउ, नास्पाती, सुन्तला, कागती, अम्बा र मेवा जस्ता कम ग्लाइसेमिक भएका फलफूल खान सकिन्छ । तौल घटाउन फलफूल खाने सबैभन्दा राम्रो समय भनेको दिनको समय हो ।

कार्बोहाइड्रेट र घिउ खान नहुने होइन

आफ्नो आहारबाट घिउ हटाउनाले उच्च रक्तचाप, मुटुको समस्या र जोर्नी दुख्न सक्छ । परम्परागत खाना पकाउँदा र आयुर्वेदिक औषधिमा महत्त्वपूर्ण मानिने घिउका थुप्रै फाइदा छन् । यसले बोसोलाई राम्रोसँग जलाउँछ, घुँडाको सुन्निने कम गर्छ, कोलेस्टेरोलको स्तर सन्तुलनमा राख्छ । पाचन प्रणालीको सुरक्षा गर्छ, मस्तिष्कलाई सतर्क राख्छ, आँखाको स्वास्थ्य सुधार गर्दछ र कपाल, छाला र नङको बनावट सुधार गर्छ ।

हालको प्रवृत्तिमा धेरै मानिसले कम कार्बोहाइड्रेट आहार लिने कारण रोटी र भात त्याग्छन् । कुल क्यालोरीको ६० देखि ६५ प्रतिशत कार्बोहाइड्रेट हुनुपर्छ । यदि हामीले यी कुरालाई पूर्णतया बेवास्ता गर्‍यौं भने पेट राम्ररी भरिंदैन, जसकारण क्रोधित र चिडचिडापन महसुस हुन्छ । सही समयमा सही खाना नखाई हामी गलत समयमा गलत चीज खान्छौं, जसले गर्दा तौल बढ्छ ।

खाने बानी खानेकुरा मोटोपन
आयुष अधिकारी
लेखक
आयुष अधिकारी
पोषणविद्

अधिकारी हाल काठमाडौं हेल्दी च्वाइसमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हाम्रो आन्द्रा सफा र स्वस्थ राख्न के-के गर्ने ?

हाम्रो आन्द्रा सफा र स्वस्थ राख्न के-के गर्ने ?

चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको राजीनामाबारे बेखबर स्वास्थ्य मन्त्रालय

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको राजीनामाबारे बेखबर स्वास्थ्य मन्त्रालय

भारतीय राजदूत श्रीवास्तव आईसीयूमा, मुटुको देब्रे नशामा ‘हर्टअट्याक’

भारतीय राजदूत श्रीवास्तव आईसीयूमा, मुटुको देब्रे नशामा ‘हर्टअट्याक’

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न

नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न