+
+

महासंघको एसोसियट सदस्यमा उठेका उज्वलका पाँच प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २८ गते १८:२३

२८ चैत, काठमाडौं । पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट सदस्य पदमा दावेदारी प्रस्तुत गरेका छन् । लामो समय औद्योगिक व्यवसायकि क्षेत्रमा अनुभव हासिल गरेपछि उनी महासंघको मंगलबार हुने निर्वाचन जितेर कार्यकारिणी भूमिकामा देखिन चाहेका हुन् ।

५ दशकअघि इलामको फिक्कलको किराना पसलबाट उठेर समिल अनि चामलको मिल हुँदै नेपालकै प्रतिष्ठित औद्योगिक घराना बनिसकेको ‘पञ्चकन्या ग्रप’को कार्यकारी नेतृत्व तेस्रो पुस्ताका उज्ज्वलको काँधमा छ । अब उद्योगी व्यवसायीको छाता संगठनमार्फत निजी क्षेत्रको क्षमता विकास र देशको आर्थिक विकासमा टेवा दिने भन्दै उनले उम्मेदवारी दिएका हुन् ।

१६ वर्षअघि पञ्चकन्या ग्रुपमा ‘मार्केटिङ म्यानेजर’बाट समूहभित्र प्रवेश गरेका श्रेष्ठले हजुरबुवा प्रेमबहादुर, बुवा (ध्रुवकुमार श्रेष्ठ) र काका (प्रदीपकुमार) को मार्गदर्शनमै ग्रुपलाई अघि बढाइरहेका छन् ।

पञ्चकन्यामा उत्पादन, बिक्री र रणनीति निर्माणको नेतृत्व श्रेष्ठले नै हेर्ने गरेका छन् । स्वर्णजयन्ती पार गरेको यो ग्रुपलाई चम्काउनेमा तेस्रो पुस्तामा उज्ज्वलको नाम अग्रस्थानमा आउँछ ।

उज्वलको नेतृत्व रहेको पञ्चकन्या समूहमा उद्योग क्षेत्रमा विशेषज्ञता हावी छ । साना–साना व्यापारमा हात हाले पनि उज्वलको ध्यान त्यसकै वा त्यस्तै वस्तुको उत्पादन नेपालमै गर्नेमा केन्द्रित छ ।

अब महासंघमा बसेर पनि उद्योगी व्यवसायीको हितका लागि भरपुर काम गर्ने अठोट उज्वलको छ । ‘सरकारको राजस्व र निर्यात बढाउन नेपाल उद्योग वाणिज्य महासंघभित्र बसेर नीतिगत पहलकदमी लिन चाहान्छु,’ उनले भने,‘औद्योगीकरणबाट नै देशलाई समृद्धिको दिशामा लैजाने कुरालाई प्राथमिकतामा राखेर काम गर्ने प्रण गरेर यो पटक चुनावमा उठेको हुँ ।’

श्रेष्ठले मूल रुपमा ५ वटा प्रतिवद्धता अघि सारेका छन् । नेपाली व्यवसायिक जगतको साथ र सहयोग लिएर आफ्ना प्रतिवद्धताहरु पुरा गर्ने श्रेष्ठ बताउँछन् ।

औद्योगीकरणका लागि सहुलियत ब्याजदरको कर्जा सुविधा ल्याउने नीतिका लागि खट्ने उनको वाचा छ । यस्तै भूमि र लगानीको सदुपयोग हुने गरी औद्योगिक क्षेत्र निर्माणका लागि पहल गर्ने, देशको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीच हुने सम्वाद वृद्धि गरेर नतिजामुखी नीतिहरु निर्माण गर्न प्रयास गर्ने तथा साना र मध्यम र स्वरोजगारमूलक उद्योग व्यवसायलाई प्रवर्द्धन, सहयोग र संरक्षण गर्ने उनको प्रतिवद्धता छ ।

‘महासंघमा युवाहरुको सहभागिता बढाउने कुरा पनि मेरो प्राथमिकतामा छ,’ उनले भने,‘ महासंघका विभिन्न कमिटीहरुमा युवा उद्योगी व्यवसायीलाई ल्याएर उहाँहरुको सोच र दृष्टिकोणका आधारमा संस्थालाई बलियो बनाउँदै नीतिगत सुधारका लागि धेरै कामहरु गर्ने अठोट छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?