+
+

कोरोनाबाट १ जनाको मृत्यु, १२१ मा संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २९ गते २०:३५

२९ चैत, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट बुधबार पनि एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १२१ जना कोरोना संक्रमित भेटिएका छन् र एक जनाको मृत्यु भएको छ ।

यसअघि मंगलबार पनि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको थियो । त्यसअघि भने २३ पुसमा मात्र कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?