+
+

‘जारी’ले आक्रामक ओपनिङ गर्ने प्रक्षेपण, पूर्वका हलमा अधिकांश शो ‘सोल्डआउट’

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २९ गते १७:५५

काठमाडौं । दयाहाङ राई र मिरुना मगर स्टारर ‘जारी’ले घरेलु बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने संकेत देखिएको छ । बुधबार अपरान्हसम्म पूर्वी नेपालका हलमा फिल्मका शो लगभग सोल्डआउट भइसकेको स्थिति छ । काठमाडौं उपत्यकाका हलमा पनि त्यस्तै ट्रेण्ड देखिएको छ ।

वितरक उज्वल पौडेलले फिल्मले मोफसलका ठूला सहरमा आक्रामक कमाइ गर्ने स्थिति देखिएको बताए । बिर्तामोडस्थित क्यूएफएक्सको वान स्टप र पाथीभरा सिनेमा, इटहरीको आरएस सिनेफ्लिक्स, धरानको फ्रेन्ड्स मुभी र क्यूएफएक्सको विराटनगरस्थित हलमा फिल्मको शो लगभग सोल्डआउट भएको उनले जनाए ।

‘बुधबारसम्म यस्तो स्थिति छ भने बिहीबार बेलुकासम्म पूरै शो सोल्डआउट हुने देखिएको छ । काठमाडौंसहित बुटवल, पोखरासहित पश्चिमका सहरमा समेत विस्तारै अग्रिम टिकट बिक्रीको ट्रेण्ड देखिएको छ,’ उनले भने । क्यूएफएक्स, बिग मुभिज, आईएनआईका फ्रेन्चाइजीमा समेत तीव्र रुपमा एड्भान्स टिकट बिक्री भइरहेको छ ।

पूर्वी नेपालमै छायांकन भएको र कथावस्तु समेत लिम्बू समुदायकै भएकाले पूर्वी नेपालका सहरमा ‘जारी’को एडभान्स टिकट बिक्री आक्रामक देखिएको हो । पूर्वका हलमा शनिबारसम्मै शो सोल्डआउट हुने देखिएको छ । क्यूएफएक्सले जारीलाई ७१ शो दिएको छ भने दयाहाङकै अर्को फिल्म बिहेपासलाई ३१ शो दिएको छ । सोही मितिमै आउने तयारीमा रहेका फिल्महरु बुलाकी र बिहेपासको भने एडभान्स टिकट बिक्री निकै न्यून छ ।

‘जारी’ले आक्रामक ढंगले बुकिङ थाल्नुपछि मुख्यतः तीन प्रमुख कारण छ । पहिलो, कबड्डी ४ को क्रेज, दोस्रो, दयाहाङ राई र मिरुना मगरको स्टारडम र तेस्रो, पूर्वी नेपालको लिम्बू समुदायमा आधारित कथावस्तु । पहिलो सप्ताहन्तको प्रदर्शनबाट सकारात्मक प्रतिक्रिया प्राप्त भए फिल्मले केही साता राम्रै व्यापार गर्न सक्ने देखिएको छ । फिल्म ठूला अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शन हुँदैछ ।

यो फिल्म अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान र युरोपका सबै मुलुकमा अप्रिल पहिलो साता रिलिज हुनेछ । क्यानडामा अप्रिल दोस्रो साता, मध्यपूर्व र हङकङमा अप्रिल तेस्रो साता रिलिज तय भएको छ । अप्रिल २२ मा लण्डनमा हुने प्रिमियरमा सहभागी हुन निर्देशक उपेन्द्र सुब्बासहित कलाकारहरु दयाहाङ राई, विजय बराल र मिरुना मगर त्यसतर्फ प्रस्थान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?