+
+

संवादहीनता तोड्दै भुवन र प्रदीपले हाले अंगालो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३० गते १२:४२

काठमाडौं । गत असोजमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र ‘प्रेमगीत ३’ निर्माण समूहबीच निकै आरोप–प्रत्यारोप चल्यो । विवाद र नोकझोंक यति चल्यो कि अभिनेता प्रदीप खड्काले पत्रकार सम्मेलनमै बोर्ड अध्यक्ष केसीको राजीनामा मागे । यसपछि झनै विवाद चुलियो ।

विवादकै कारण ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालीकै मितिमा प्रदर्शन सकेन । सामाजिक सञ्जालदेखि कार्यक्रममा समेत ‘प्रेमगीत ३’ र अध्यक्ष केसीबीच वाकयुद्ध चल्यो । यो विवादमा उद्योग नै दुई ध्रुवमा विभाजित जस्तो देखिन्थ्यो । तर यो विवाद अहिले आएर मत्थर भएजस्तो देखिएको छ ।

विवादको ६ महिनापछि अहिले आएर अध्यक्ष केसी र अभिनेता खड्काबीचको संवादहीनता तोडिएको छ । बुधबार काठमाडौंमा आयोजित एक अवार्ड समारोहमा यी दुईले स्टेज सेयर गरेका छन् । ग्यालेक्सी एक्सिलेन्स अवार्डमा भुवन प्रमुख अतिथिको रुपमा उपस्थित थिए । प्रदीप सम्मान थाप्न मञ्चमा पुगे । प्रदीपलाई टोपी लगाइदिएर बधाई दिने काम भुवनले गरे ।

स्टेजमा उक्लिएका प्रदीपले भुवनलाई नमस्कार गरे । हाँस्दै अघि बढेका प्रदीपले भुवनसँग हात मिलाए । अनि दुवैले अंगालो हाले । यतिबेला हल तालीले गुञ्जायमान भयो । दुवैले न्यानोपन भएको देखाउन खोजे पनि असहज भएको स्पष्ट देखिन्थ्यो । यी दुईले एकअर्कालाई नरुचाउने चर्चाबीच भएको यो अंगालोले कतै हार्दिक सम्बन्ध पुनः स्थापना गर्न लागेको हो भन्ने अनुमान मात्र गर्न सकिन्छ ।

तस्वीर सौजन्य : सोनितराज ढुंगेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?