News Summary
Generated by OK AI. Editorially reviewed.- नयाँदिल्लीस्थित नेपाली दूतावासले अभिनेता प्रदीप खड्का र अभिनेत्री आना शर्मालाई नेपाल–भारत सांस्कृतिक सद्भावना दूतका रूपमा सम्मान गरेको छ ।
- दूतावासले दुई देशबीचको सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन पुर्याएको योगदानको कदर गर्दै उनीहरूलाई उक्त सम्मान प्रदान गरेको हो ।
- जुलाई महिनालाई नेपाली चलचित्र महिनाका रूपमा मनाउने कार्यक्रमअन्तर्गत चलचित्र ‘एक्टर : टेक वन’को विशेष प्रदर्शनसमेत आयोजना गरिएको छ ।
काठमाडौं । नयाँदिल्लीस्थित नेपाली दूतावासले नेपाली चलचित्रको प्रवद्र्धन तथा नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन पुर्याएको योगदानको कदर गर्दै अभिनेता प्रदीप खड्का र अभिनेत्री आना शर्मालाई ‘नेपाल–भारत सांस्कृतिक सद्भावना दूत’का रूपमा सम्मान गरेको छ ।
दूतावासले जुलाई महिनालाई ‘नेपाली चलचित्र महिना’का रूपमा मनाउने कार्यक्रमअन्तर्गत सम्मान समारोहपछि चलचित्र ‘एक्टर : टेक वन’को विशेष प्रदर्शनसमेत आयोजना गरेको थियो ।
दूतावासले चलचित्रले दुई देशका नागरिक, संस्कृति र कथालाई अझ नजिक ल्याउने शक्तिशाली सेतुको भूमिका निर्वाह गर्दै आएको जनाएको छ ।
गतसाता दूतावासले वरिष्ठ अभिनेता नीर शाह र अभिनेत्री विपना थापालाई पनि सम्मान प्रदान गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4