+
+
Shares

कान्स मार्केटमा नेपाली फिल्मको प्रवर्धन गर्दै प्रदीप खड्का

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते १३:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फ्रान्समा चलिरहेको कान्स फिल्म फेस्टिभलमा नेपालीहरूको उपस्थिति बाक्लो छ र काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल मेयरको निम्तोमा सहभागी भएकी छिन्।
  • नेपाली उद्यमी दम्पती भूपेन्द्र खनाल र स्नेह शर्माले कान्स रेडकार्पेटमा नेपाली हिमाली छुर्पी ब्रान्डको प्रवर्धन गरेका छन् र अन्तर्राष्ट्रिय मिडियाको केन्द्रमा छन्।
  • अभिनेता प्रदीप खड्का र निर्देशक प्रदीप शाही कान्स मार्केटमा नेपाली फिल्महरूको प्रवर्धन गरिरहेका छन् र अविनाशविक्रम शाह निर्देशित 'एलिफेन्ट्स इन द फग' कान्सको अन सर्टेन रिगार्ड विधामा प्रिमियर हुँदैछ।

काठमाडौं । अहिले फ्रान्समा विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभल चलिरहेको छ । यसपटक नेपालीहरूको उपस्थिती कान्समा बाक्लै देखिएको छ । काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल कान्सका मेयरको निम्तोमा त्यता लागेकी छिन् ।

हिजो मात्रै नेपाली उद्यमी दम्पती भूपेन्द्र खनाल र स्नेह शर्माले कान्स रेडकार्पेटमा नेपाली हिमाली छुर्पी ब्रान्डको प्रवर्धन गरे । यो दम्पती अहिले अन्तर्राष्ट्रिय मिडियाको केन्द्रमा छ ।

चलचित्र विकास बोर्डले आफ्ना प्रतिनिधि त्यहाँ नपठाएपनि यसअघि नै त्यहाँ स्टल बुकिङ गरिसकेको थियो ।

यतिबेला अभिनेता प्रदीप खड्का पनि कान्समै सहभागी छन् । कान्स मार्केटमा आयोजित नेपाल स्टलमार्फत खड्काले नेपाली फिल्महरूको प्रवर्धन गरिरहेको देखिएको छ । उनीसँगै निर्देशक प्रदीप शाही पनि छन् ।

कान्स मार्केटको स्टलमा शाहीले निर्देशन गरेका र प्रदीपले अभिनय गरेका फिल्मको पोस्टरहरू देख्न सकिन्छ । साथै, नेपाल र भुटानको सहकार्य रहेको फिल्म ‘टनेल २६’को प्रवर्धन पनि प्रदीपले कान्समा गरिरहेका छन् । यो फिल्मलाई प्रदीप निकट भुटानी अभिनेता सांगे सेल्ट्रिमले बनाएका हुन् ।

खड्का र शाही गतवर्षको कान्स मार्केटमा पनि सहभागी भएका थिए । पछिल्लो समय अन्तर्राष्ट्रिय वितरण, प्रवर्धन र संयुक्त लगानीका कार्यमा चासो दिइरहेका छन् । उनको कान्स दौडाहा यही उद्देश्यले प्रेरित रहेको अनुमान गर्न सकिन्छ ।

यसवर्ष अविनाशविक्रम शाह निर्देशित नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू) कान्सको अन सर्टेन रिगार्ड विधामा प्रिमियर हुँदैछ । यो फिल्म कान्समा प्रस्तुत हुन लागेको पहिलो फिचर हो । यसअघि पनि शाहकै छोटो फिल्म ‘लोरी’ले जुरी मेन्सन प्राप्त गरेको थियो ।

यसवर्षको कान्स २३ मेसम्म आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?