News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता प्रदीप खड्काले ७५ लाख रुपैयाँ मूल्य पर्ने ‘दीपाल एसओ सेभेन’ ब्रान्डको विद्युतीय गाडी किनेका छन्।
- प्रदीपले नेपाली बजार सुहाउँदो, किफायती र वातावरण संरक्षण हुने भएकाले ईभी गाडी लिएको बताए।
- फिल्म ‘ऐरी’ को बाँकी छायांकनका लागि प्रदीप सोमबार चितवन पुगेका छन् र आगामी चैत अन्त्यसम्म छायांकन सकिने अपेक्षा छ।
काठमाडौं । अभिनेता प्रदीप खड्काले ७५ लाख रुपैयाँ मूल्य पर्ने ‘दीपाल एसओ सेभेन’ ब्रान्डको विद्युतीय गाडी किनेका छन् । पछिल्लो समय ईभी गाडीप्रति सेलिब्रेटी र सर्वसाधारणको रुचि बढ्दो छ । यो सूचीमा खड्का थपिएका हुन् ।
शुक्रबार चांगन नेपाल एमएडब्लुको नक्सालस्थित शो रुमबाट प्रदीपले गाडी लिएका हुन् । लामो समयदेखि उनले क्रेटाको गाडी चढ्दै आएका थिए ।
‘म आफै पनि ईभीतिर सिफ्ट हुन खोजिरहेको थिएँ । उहाँहरूले पनि इन्डोर्समेन्टको लागि अप्रोच गर्नुभयो’ प्रदीपले अनलाइनखबरसँग भने, ‘अफर राम्रो आएपछि गाडी किनेको हुँ ।’

नेपाली बजार सुहाउँदो, किफायती र वातावरण संरक्षण पनि हुने भएकाले आफूले ईभी गाडी लिएको प्रदीपले बताए ।
कामको कुरा गर्दा, फिल्म ‘ऐरी’ को बाँकी छायांकनको लागि प्रदीप सोमबार चितवन पुगेका छन् । आगामी चैत अन्त्यसम्म छायांकन सकिने अपेक्षा राखिएको यो फिल्मको बाँकी छायांकन चितवन, काठमाडौं र मुस्ताङको लोमान्थाङ क्षेत्रमा हुने तयारीमा छ ।

प्रतिक्रिया 4