Listen News
0:00
0:30
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता प्रदीप खड्काले नख्खु कारागारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटेका छन्।
- प्रदीपले भने, 'रवि दाई नअत्तालिएको पाएँ र उहाँ प्रोसेसबाट क्लिन भएर बाहिर आउँछु भन्नुभएको छ।'
- प्रदीपले नयाँ सरकार गठनको ३ महिनासम्म रविको रिहाइको प्रगति नहुनुमा चिन्ता लागेको बताए।
काठमाडौं । अभिनेता प्रदीप खड्काले नख्खु कारागारमा पुगेर मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटेका छन् ।
लामिछानेले भेट्न खोजेपछि आफूले भेटेको अभिनेता खड्काले बताए । ‘उहाँले सम्झिएपछि भेटेको हुँ’ उनले भने, ‘रवि दाई नअत्तालिएको पाएँ । उहाँ प्रोसेसबाट क्लिन भएर बाहिर आउँछु भन्नुभएको छ ।’
नयाँ सरकार गठनको ३ महिनासम्म रविको रिहाइका लागि कुनै पहल नभएको भन्दै उनले चिन्ता व्यक्त गरे ।
‘उहाँले मलाई भेट्न खोज्नुभएको रहेछ’ झण्डै ४५ मिनेटको भेटबारे प्रदीपले बताए । गोपीकृष्ण हलको फिल्म ‘रोज’ गर्दादेखि रविसँग आफ्नो चिनजान रहेको समेत उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4