+
+
Shares

निर्वाचनमा दबाबरहित सहभागिता सुनिश्चित गर्न आवश्यक : मन्त्री खरेल

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते १७:३०
Listen News
0:00
0:30
🔊

१ पुस, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबै वर्गका नागरिकलाई प्रभाव र दबाबरहित सहभागिता हुने वातावरण सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

मंगलबार निर्वाचन आयोगले सरकारसँग निर्वाचन तयारीबारे गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘निर्वाचनमा अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला, गर्भवती महिला, सुत्केरी महिला, अशक्त लगायत सबै नागरिकले निर्वाचनमा भाग लिने वातावरण बनोस् । यसका लागि आयोगले आवश्यक काम समेत गर्ला । निर्वाचन आयोग र सरकारले सँगै ख्याल पुर्‍याउनुपर्ने अर्को कुरा के हो भने प्रभाव र दबाबरहित सहभागिता सुनिश्चित गर्नुपर्ने अर्को आवश्यकता हो,’ मन्त्री खरेलले भने ।

निर्वाचनमा अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला, गर्भवती तथा सुत्केरी महिला, अशक्तलगायत सबै नागरिकको समान र सहज सहभागिता सुनिश्चित गर्न आयोग र सरकारबीच आपसी सहकार्य हुनुपर्ने उनको भनाइ छ ।

निर्वाचनको अनुकूल वातावरण निर्माण, प्रचार–प्रसार तथा मतदाता शिक्षाका लागि निर्वाचन आयोगसँग सहकार्य गरेर अगाडि बढ्न सरकार तयार रहेको पनि बताए ।

‘हामी नागरिक सरकार र निर्वाचन आयोग आफैंमा संवैधानिक आयोग भएको कारण यसमा गम्भीर ध्यान पुर्‍याउनुपर्छ । निर्वाचनको माहोल बनाउन र प्रचारप्रसार गर्न र मतदाता शिक्षा दिनको लागि निर्वाचन आयोगसँग सहकार्य गरेर अगाडि बढ्नको लागि हाम्रो मन्त्रालय तयार छ । यसका लागि सरकारी तथा निजी मिडियाहरु समेत सरकारले परिचालन गर्ने कुरा म यहाँहरुलाई अनुरोध गर्न चाहन्छु,’ मन्त्री खरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?