+
+
Shares

प्रदीप खड्का स्टारर विज्ञान कथामा आधारित फिल्म ‘एक्लो’ को टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते १७:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रदीप खड्का स्टारर नेपाली साइन्स-फिक्सन ड्रामा फिल्म ‘एक्लो’ को टिजर युट्युबमा सार्वजनिक भएको छ।
  • फिल्म नेपाल र बेलायतबीचको संयुक्त सहकार्यमा बनेको छ र यसवर्षको कान्स मार्केटमा छनोट भैसकेको छ।
  • ‘एक्लो’ आउँदो १७ पुस २०८२ मा प्रदर्शन हुने जनाइएको छ र यसमा प्रदीप खड्का, दीया पुन, विजय लामा लगायतको अभिनय छ।

काठमाडौं । प्रदीप खड्का स्टारर नेपाली साइन्स-फिक्सन ड्रामा फिल्म ‘एक्लो’ को टिजर युट्युबमा सार्वजनिक भएको छ ।

टिजरले फिल्मको कथावस्तु, चरित्र चित्रण, मनोविज्ञान र थिमबारे संक्षिप्तरुपमा प्रकाश पार्छ । यो फिल्म यसवर्षको कान्स मार्केटमा छनोट भैसकेको छ ।

नेपाल र बेलायतबीचको संयुक्त सहकार्य रहेको फिल्मले खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ ।

त्यसको ६० वर्षपछि बेलायती अन्तरीक्षयात्री ज्याक (जेमी बेकन) आफ्ना साझेदारसँग हिमालय क्षेत्रमा क्रास-ल्यान्डिङ गर्छन् ।

तिनीहरूले आफ्नो वरपरको खोजी गर्छन् र पहाडबीचमा रहेको गुफाभित्र लुकेको सहर पत्ता लगाउँछन्, जहाँ तिनीहरूले एक रहस्यमय व्यक्तित्व (प्रदीप खड्का)लाई भेट्छन्, जो हिमालय क्षेत्रको पौराणिक संरक्षक हो ।

नेपालको मुस्ताङ, काभ्रे लगायतका थलोमा फिल्मको छायांकन गरिएको छ । फिल्ममा प्रदीपसहित दीया पुन, विजय लामा, कविता नेपाली, जेमी बेकन, बेनिशा हमाल लगायतको पनि अभिनय छ ।

‘एक्लो’ १ जनवरी, २०२६ अर्थात आउँदो १७ पुसमा प्रदर्शन हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?