News Summary
Generated by OK AI. Editorially reviewed.- प्रदीप खड्का स्टारर साइन्स-फिक्सन फिल्म ‘एक्लो’ले १२४ शो पाएको छ जुन अपेक्षाभन्दा कम हो।
- सिड्नी स्विनी स्टारर हलिउड थ्रीलर फिल्म ‘द हाउसमेड’ले ३६ शो पाएको छ र बिहिबारदेखि रिलिज हुँदैछ।
- दक्षिण भारतीय एक्सन फिल्म ‘४५’ले ८७ शो पाएको छ र बिहिबारदेखि देशभर रिलिज हुँदैछ।
काठमाडौं । अंग्रेजी नयाँ वर्षको अवसरमा विहिबारदेखि रिलिज हुन लागेको प्रदीप खड्का स्टारर फिल्म ‘एक्लो’ ले औषत शोज प्राप्त गरेको छ । बुधबार बेलुकासम्म प्रकाशित तालिका हेर्दा यो साइन्स-फिक्सन फिल्मको शो संख्या जममा १२४ छ ।
खड्का अभिनित फिल्मको लागि यो अपेक्षाभन्दा न्यून शो हो । ‘धुरन्धर’, ‘झरीपछिको इन्द्रेणी’ र ‘परान’ ले घरेलु बक्सअफिसमा सुखद कलेक्सन गरिरहँदा १ जनवरी, २०२६ बाट ‘एक्लो’ सहित दुई विदेशी फिल्म रिलिज हुन लागेका हुन् ।
१४० मिनेट रनटाइमको प्रदीप शाही निर्देशित फिल्म ‘एक्लो’ लाई बलियो वर्ड अफ माउथ चाहिन्छ । नेपालको पहिलो साइन्स फिक्सन फिल्म ‘बिजुली मेसिन’ रिलिज भएको ९ वर्षपछि सोही जनरालाई पछ्याउँदै ‘एक्लो’ आउन लागेको हो ।
धेरैले विज्ञान कथामा आधारित फिल्म दाबी गरेपनि, सन् २०१६ मा रिलिज भएको नवीन अवल निर्देशित ‘बिजुली मेसिन’ मुलुकको सम्भवतः पहिलो साइन्स फिक्सन फिल्म हो । त्यसयता विज्ञान कथामा आधारित फिल्म आउन झन्डै दर्शक कुर्नुपर्यो ।
विहिबारदेखि नै हलमा सिड्नी स्विनी स्टारर हलिउड फिल्म ‘द हाउसमेड’ रिलिज हुँदैछ । १२६ मिनेट रनटाइमकोे यो फिल्मले देशब्यापी ३६ शो मात्र पाएको छ । एक धनाढ्य जोडीको सुसारे बनेकी एक युवतीको कथावस्तुमा बनेको यो थ्रीलर फिल्म हो ।
विहिबारदेखि नै हलमा दक्षिण भारतीय एक्सन फिल्म ‘४५’ रिलिज हुँदैछ । शिव राजकुमार स्टारर यो फिल्मले देशब्यापी ८७ शो पाएको छ ।
प्रतिक्रिया 4