+
+
Shares

प्रदीप खड्का स्टारर साइन्स-फिक्सन ‘एक्लो’ को पोस्टर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते २१:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विज्ञान कथामा आधारित मल्टिस्टारर फिल्म ‘एक्लो’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ।
  • फिल्ममा प्रदीप खड्का, जेमी बेकन, विजय लामा, सुनिल थापा, दीया पुन लगायत कलाकारहरू छन्।
  • ‘एक्लो’ १७ पुस २०८२ (१ जनवरी २०२६) मा प्रदर्शन तयारीमा छ र पोस्ट–प्रोडक्सन लन्डनमा भइरहेको छ।

काठमाडौँ । विज्ञान कथामा आधारित मल्टिस्टारर फिल्म ‘एक्लो’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ ।

पोस्टरमा फिल्मका सबै कलाकार फिचर्ड छन् । हामीले पोस्टरमा प्रदीप खड्का, जेमी बेकन, विजय लामा, सुनिल थापा, दीया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, एवनराज उप्रेतीलाई देख्न सक्छौं ।

साथै, सुरजसिंह ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बालकलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहको पनि अभिनय छ ।

फिल्मलाई प्रदीप शाहीले निर्देशन गरेका हुन् । अहिले बेलायतको राजधानी लन्डनमा यो फिल्मको पोस्ट–प्रोडक्सन भैरहेको छ ।

एनआरएन समूहको लगानीमा बनेको फिल्मको कार्यकारी निर्मातामा कलाकार समेत रहेका विनोद सुवेदी ‘क्षितिज’ छन् ।

छायाङ्कन बाबु श्रेष्ठले गरेका छन् । द्वन्द्व निर्देशन राजु तामाङले, सेट डिजाइन राजु पेन्टरले, कला निर्देशन सन्तोष लामाले र प्रोडक्सन डिजाइन द्रोणप्रसाद पौडेल ‘ठेउके’ ले सम्हालेका छन् ।

‘एक्लो’ १७ पुस (१ जनवरी, २०२६) मा प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?