+
+
Shares
फिल्म छायांकन :

अन्तरिक्षमा उड्नुअघिको फिल्म ‘एक्लो’ को दृश्य पनौतीमा खिचियो (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ७ गते १२:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली साइन्स फिक्सन फिल्म ‘एक्लो’को २ मिनेट ३५ सेकेण्डको ओपनिङ दृश्य पनौती बजारमा खिचिएको छ।
  • फिल्ममा विजय लामा र दीया पुन अन्तरीक्षयात्रीको भूमिकामा छन् र भाइरस संक्रमण फैलिनुअघि दृश्य देखाइएको छ।
  • फिल्म सन् २०३० सम्म मानिसले पृथ्वी छाड्ने काल्पनिक कथा भन्छ र प्रदीप शाही निर्देशित छ।

काठमाडौं । नेपाली साइन्स फिक्सन फिल्म ‘एक्लो’ को एक महत्वपूर्ण दृश्य काभ्रेको पनौती बजारमा छायांकन गरिएको छ ।

२ मिनेट ३५ सेकेण्डको ओपनिङ दृश्य खिच्न मंगलबार दिउँसभर लागेको निर्माण नियन्त्रक क्षितिज सुवेदीले जानकारी दिए ।

विजय लामा, दीया पुन र एकजना बालकलाकारको दृश्य खिचिएको हो । कथानुसार फिल्ममा विजय र दीया अन्तरीक्षयात्री हुन्छन् । उनीहरू अन्तरीक्षमा उड्नुअघिको भाग यहाँ खिचिएको हो ।

टिभी समाचारमा जतासुकै जोम्बी भाइरसको संक्रमण फैलिएको खबर आउनुअघिको दृश्यलाई पनौतीमा छायांकन गरिएको हो । प्राप्त तस्वीरमा दीया र विजयलाई अन्तरीक्षयात्रीको नीलो पहिरनमा देख्न सकिन्छ ।

फिल्मले खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ । त्यसको ६० वर्षपछि बेलायती अन्तरीक्षयात्री ज्याक (बेकन) आफ्ना साझेदारसँग हिमालय क्षेत्रमा क्रास-ल्यान्डिङ गर्छन् ।

तिनीहरूले आफ्नो वरपरको खोजी गर्छन् र पहाडबीचमा रहेको गुफाभित्र लुकेको सहर पत्ता लगाउँछन्, जहाँ तिनीहरूले एक रहस्यमय व्यक्तित्व (प्रदीप खड्का)लाई भेट्छन्, जो हिमालय क्षेत्रको पौराणिक संरक्षक हो ।

प्रदीप शाही निर्देशित यो फिल्म यसवर्षको कान्स फिल्म फेस्टिभलको कान्स मार्केटमा पिच भएको थियो । यो फिल्मको शीर्ष भूमिकामा प्रदीप खड्का र बेलायती अभिनेता जेमी बेकनको अभिनय छ ।

अब यो फिल्मको एक प्रवर्धन गीत खिच्न बाँकी रहेको निर्माण नियन्त्रक सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?