News Summary
Generated by OK AI. Editorially reviewed.- प्रदीप खड्का स्टारर फिल्म ‘एक्लो’ को विकडेज शोज संख्या १२४ बाट घटेर आइतबार ८१ पुगेको छ।
- फिल्म ‘एक्लो’ को सप्ताहन्त कमाइबारे बक्सअफिस विवरण अहिलेसम्म सार्वजनिक भएको छैन।
- निर्माताले ‘एक्लो’ को सिक्वेल ‘राइज अफ द कल्की’ बन्ने संकेत दिएका छन्।
काठमाडौं । प्रदीप खड्का स्टारर फिल्म ‘एक्लो’ को विकडेज शोजमा कटौती देखिएको छ । १२४ वटा शोजबाट रिलिज भएको यो फिल्मको आइतबार शोज संख्या ८१ मात्र छ ।
सप्ताहन्तमा औषत शो पाएको फिल्मको शोज संख्या आइतबारदेखि सुरु हुने विकडेजमा कमी देखिएको हो । फिल्मको सप्ताहन्त कमाइबारे बक्सअफिसको विवरण आइसकेको छैन ।
अभिनेता खड्का, बेलायती अभिनेता जेमी बेकन, सुनिल थापा, बेनिशा हमाल स्टारर फिल्मको शोज संख्या ३ दिनमै गिरावट हुनु अनपेक्षित हो ।
प्रदीप शाही निर्देशित फिल्मलाई प्रचारप्रसारको क्रममा ‘साइन्स फिक्सन’ भनिएको छ । निर्माताले फिल्मको अन्त्यमार्फत सम्भावित सिक्वेलतर्फ संकेत गर्दै ‘राइज अफ द कल्की’ बन्ने बताएका छन् ।
‘एक्लो’ लाई अब बक्सअफिसमा उकालो लाग्न कुनै जादूको खाँचो पर्नेछ । त्यो जादू भनेको बलियो ‘वर्ड अफ माउथ’ मै टिकेको छ । पछिल्लो समय प्रदीपले अभिनय गरेका पिताम्बर र एक्टर टेक वन बक्सअफिसमा असफल रहे । त्यसकारण पनि, उनको लागि हिट फिल्मको खाँचो छ ।
प्रतिक्रिया 4