+
+
Shares

‘एक्लो’ ले १० दिनसम्म कति कमायो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते ११:३२
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'एक्लो' ले प्रदर्शनको १० दिनमा घरेलु बक्सअफिसमा ४३ लाख २५ हजार ४९८ नेरु ग्रस कमाएको छ।
  • चलचित्र विकास बोर्डले सोमबार सिनेपाः बक्सअफिसको विवरण सार्वजनिक गरेको हो।
  • यस अवधिमा 'एक्लो' का १३ हजार ११ वटा मात्र टिकट बिक्री भएका छन्।

काठमाडौं । प्रदीप शाही निर्देशित फिल्म ‘एक्लो’ ले प्रदर्शनको १० दिनसम्म घरेलु बक्सअफिसमा ४३ लाख नेरु ग्रस कमाएको छ । चलचित्र विकास बोर्डले सोमबार सिनेपाः बक्सअफिसको विवरण बाहिर ल्याएको छ ।

जसअनुसार, यो फिल्मले ४३ लाख २५ हजार ४९८ नेरु ग्रस कमाएको हो । सोही अवधिमा यसका १३ हजार ११ वटा मात्र टिकट बिक्री भएका छन् । विज्ञान कथा बताइएको यो फिल्ममा विजय लामा, प्रदीप खड्का, दिनेश डीसी, कविता नेपाली, जेमी बेकन लगायतको अभिनय छ ।

१ जनवरीमा रिलिज भएको ‘एक्लो’ को उक्त हिसाब १० जनवरी अर्थात पछिल्लो शनिबारसम्मको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?