
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रदीप खड्का र कलाकारहरूको मुख्य भूमिका रहेको साइन्स-फिक्सन फिल्म ‘एक्लो’को प्रदर्शन मिति डिसेम्बर २०२५ तय भएको छ।
- फिल्मको टिजरमा कलाकारहरूको लुक्स र कथाको झलक देखाइएको छ, जुन भविष्यको पृथ्वी र अन्तरिक्ष यात्राको कल्पना प्रस्तुत गर्दछ।
- फिल्मको पोस्ट-प्रोडक्सन बेलायतमा भइरहेको र यसले नेपाल र बेलायतको संयुक्त सहकार्य रहेको जानकारी दिइएको छ।}
काठमाडौं । प्रदीप खड्काको शीर्ष भूमिका रहेको साइन्स-फिक्सन फिल्म ‘एक्लो’को प्रदर्शन मिति तय भएको छ । निर्माताले आइतबार टिजर सार्वजनिक गर्दै डिसेम्बर, २०२५ मा फिल्म आउने जनाएका हुन् ।
टिजरमा प्रदीपसहित दीया पुन, विजय लामा, कविता नेपाली, जेमी बेकन, बेनिशा हमाल लगायतका कलाकारको क्यारेक्टर लुक्स प्रस्तुत गरिएको छ । प्रदीप शाही निर्देशित फिल्म कान्स फिल्म फेस्टिभलको मार्केटमा पेश भएको थियो ।
यो फिल्मको पोस्ट-प्रोडक्सन अहिले बेलायतमा भैरहेको छ । नेपाल र बेलायतबीचको संयुक्त सहकार्य रहेको फिल्मले खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ । त्यसको ६० वर्षपछि बेलायती अन्तरीक्षयात्री ज्याक (बेकन) आफ्ना साझेदारसँग हिमालय क्षेत्रमा क्रास-ल्यान्डिङ गर्छन् ।
तिनीहरूले आफ्नो वरपरको खोजी गर्छन् र पहाडबीचमा रहेको गुफाभित्र लुकेको सहर पत्ता लगाउँछन्, जहाँ तिनीहरूले एक रहस्यमय व्यक्तित्व (प्रदीप खड्का)लाई भेट्छन्, जो हिमालय क्षेत्रको पौराणिक संरक्षक हो ।
यो फिल्मलाई पहिलो श्रृंखला बताइएको छ ।
प्रतिक्रिया 4