+
+

महासंघको दोस्रो चरणको चुनाव २ बजेदेखि

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३० गते १२:५९

३० चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा बिहीबार २ बजेदेखि पुनः निर्वाचन हुने भएको छ । महासंघले निर्वाचन हुने समय सार्वजनिक गरेको हो ।

यसअघि बुधबार सम्पन्न निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः निर्वाचन हुन लागेको हो । पहिलो चरणको निर्वाचनबाट उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ दोस्रो चरणमा प्रवेश गरेका छन् । रामचन्द्र संघाइ बाहिरिएका छन् । महासंघका अनुसार निर्वाचन प्रज्ञा प्रतिष्ठानमै हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?